एलिजा र आशिसको 'यो धड्कन' सार्वजनिक ( भिडियो ) | Khabarhub Khabarhub

एलिजा र आशिसको ‘यो धड्कन’ सार्वजनिक ( भिडियो )


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत ‘यो धड्कन’ सार्वजनिक भएको छ । गायक विशालकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको निर्देशन तथा कोरीयोग्राफी गोविन्द राईको रहेको छ ।

मिक्सडीया ग्रुपको प्रस्तुति रहेको भिडियोमा नायिका एलीजा गौतम र आशिस कुमार फिचर्ड छन् । पछिल्लो समय एलिजा म्युजिक भिडियोमा चर्चामा रहेकी छिन् ।

यता मोडल आशिस कुमार भने मिस्टर रौनियार २०१९ को बिजेता पनि रहेका छन् । उनको यो पहिलो म्युजिक भिडियो हो ।

भरत रौनियारको शब्द तथा कन्सेप्टमा तयार पारिएको गीतको सङ्गीत खेम सरु मगरको रहेको छ भने एलेन मगरको छायाङ्कन , एकान्त मगरको सम्पादन र विशाल निरौलाकोको एरेन्ज गीतमा समावेश गरिएको छ । गीतको पोस्ट प्रोडक्सन डिसी फिल्म्सले गरेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ११ : ३५ बजे

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ