विश्वभर एक करोड ३९ लाख बढी सक्रिय संक्रमित, ९३ हजार सिकिस्त | Khabarhub Khabarhub

विश्वभर एक करोड ३९ लाख बढी सक्रिय संक्रमित, ९३ हजार सिकिस्त


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ३९ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ८२ हजार ११४ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १ करोड ३९ लाख २१ हजार ३२० पुगेको छ ।

उपचार गराइरहेकामध्ये ९३ हजार ७२७ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कुल संक्रमितको संख्या भने ५ करोड १२ लाख ४३ हजार ४१९ पुगेको छ ।  यसमध्ये युरोपमा मात्रै १ करोड २३ लाख ८९ हजार ४८१ जनामा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७७० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ६९ हजार ३७० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६२ हजार ४५४ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर निको हुनेको संख्या ३ करोड ६० लाख ५२ हजार ७९४ पुगेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : २७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०