अलैँची प्रशोधन केन्द्र स्थापना गर्न केन्द्र सरकारले पहल गर्ने | Khabarhub Khabarhub

अलैँची प्रशोधन केन्द्र स्थापना गर्न केन्द्र सरकारले पहल गर्ने


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्थानीयस्तरमै अलैँची प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताएका छन् ।

अन्य जिल्लाको तुलनामा यहाँ बढी अलैँची उत्पादन हुने भएकाले स्थानीयस्तरमा नै प्रशोधन केन्द्रको स्थापना गर्न सके जिल्लाबासीलाई फाइदा पुग्ने बताए ।

गृह जिल्ला ताप्लेजुङका विभिन्न गाउँपालिकाको भ्रमणका क्रममा रहेका मन्त्री भट्टराईले त्यहाँ आयोजित कार्यक्रमहरुमा अलैँचीका प्रशोधित सामग्रीले राम्रो बजार पाउने र रोजगारीसमेत सिर्जना हुने भएकाले यसतर्फ सरकारले विशेषरूपमा ध्यान दिने स्पष्ट पारे ।

ओलाङचुङगोला बाहेक ताप्लेजुङका सबै क्षेत्रमा अलैँची खेती गरिँदै आएको छ । तर, अलैँचीले राम्रो मूल्य नपाँउदा किसानलाई समस्या छ ।

मन्त्री भट्टराईले ग्रामीण क्षेत्रमा सहज यातायातका लागि जिल्लाका सबै पालिकासम्म पुगेका सडकलाई आगामी दुई वर्षमा कालोपत्रे गर्ने बताए ।

सहज यातायात नहुँदा स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरणमा समस्या हुनुका साथै सर्वसाधारणले समेत यातायातको भरपर्दो सुविधा उपभोग गर्न नपाउने भएकाले आगामी दुई वर्षभित्रै सबै पालिकाको केन्द्रसम्म पुग्ने सडकलाई कालोपत्रे गरिने उनको भनाइ थियो । यसले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ९ : ४० बजे

नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना

काठमाडौं– नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त

भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी

काठमाडौं– भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत्

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

जनकपुरधाम– महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ– तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको