बन्दना राणा राष्ट्रसंघीय सीड कमिटीमा दोस्रो कार्यकालका लागि पनि निर्वाचित | Khabarhub Khabarhub

बन्दना राणा राष्ट्रसंघीय सीड कमिटीमा दोस्रो कार्यकालका लागि पनि निर्वाचित


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सीड)को सदस्यमा फेरि निर्वाचित भएकी छन् ।

हाल सीडको उपाध्यक्ष रहेकी उनी दोस्रो कार्यकालका लागि पनि  सिडको सदस्यमा निर्वाचित भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले जनाएको छ ।

न्यूर्योकमा सोमबार भएको चुनावमा १३७ देशको मत पाएर राणा फेरि निर्वाचित भएकी हुन् ।

१९ उम्मेदवार मध्ये सर्वाधिक मत पाउनेको सूचीमा उनी तेस्रो स्थानमा रहिन् । सन् २०२१–२०२४ को कार्यकालका लागि निर्वाचित हुने ११ उम्मेदवार मध्ये उनी एक हुन् ।

सीड कमिटिमा रहेर काम गर्ने उनी पहिलो नेपाली महिला पनि हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : ५० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६