मोरङको बेलबारीबाट ६ जुवाडे पक्राउ | Khabarhub Khabarhub

मोरङको बेलबारीबाट ६ जुवाडे पक्राउ


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको बेलबारीबाट प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बेलबारी- ४ गर्जुराम टोलस्थित अशोक राईको घरमा जुवा खेल्दै गरेका ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जुवा खेल्दै गरेको अवस्थामा दुई लाख ५३ हजार रकमसहित जुवाडेलाई नियन्त्रणमा लिएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार धनुषाको चारनाथ गणेशमान –८ पोर्ताहाका ५० वर्षीय पर्शुराम भुजेल, झापा दमक–५ का ३२ वर्षीय धर्मेन्द्र राई पक्राउ परेका छन् ।

यस्तै सुनसरी इटहरी–१ का ४७ वर्षीय प्रदीप तामाङ, मोरङको बेलबारी–३ का ४० वर्षीय रीत गुरुङ, बेलबारी–११ का ५६ वर्षीय सुजय गौतम र ५२ वर्षीय चन्द्र लिम्बूलाई पक्राउ गरिएको खड्काले बताए ।

कौडा, तास, सवारी साधन र नगदसहित शुक्रबार साँझ ७ बजेतिर उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रतिष्ठित र आफूलाई सामाजिक अगुवा एवं राजनीतिकर्मी भनेर चिनाउने व्यक्तिहरु समेत भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट एक सेट कौडा, तीन बुक तास, दुई लाख ५३ हजार दुई सय ३५ रुपैयाँ नगद, को २ च २८१९ नम्बरको स्कोरपिओ गाडी, अनटेस्ट मोटरसाइकल र को २३ प १३८७ नम्बरको स्कुटर नियन्त्रणमा लिइएको खड्काले बताए ।

उनीहरूलाई जुवा ऐन अन्तर्गत कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ९ : ४५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका