'स्टामिना' कम भएर थकित महसूस गर्नुहुन्छ ? यी खानेकुरा खानुस् | Khabarhub Khabarhub

‘स्टामिना’ कम भएर थकित महसूस गर्नुहुन्छ ? यी खानेकुरा खानुस्


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको व्यस्त जीवनमा काम गर्न उत्तिकै शक्तिको आवश्यकता पर्छ । अझ कतिपय मान्छे त एक‍ैछिन काम गर्दा पनि थाकिहाल्छन् । किनकि, उनीहरूसँग पर्याप्त शक्ति हुँदैन । स्टामिनाको कमीले यस्तो हुने गर्छ ।

शरीरलाई चाहिने स्टामिना बढाउनका लागि कार्बोहाइड्रेट्स, भिटामिन सी, प्रोटीन र आइरन जस्ता तत्व चाहिन्छ । यी तत्वले तपाईंलाई दिनभरि तन्दुरुस्त राख्न मद्दत गर्छ । हामीले केही त्यस्ता खानेकुराका बारेमा भन्न गइरहेका छौं, जसले गर्दा तपाईंमा स्टामिना थपिन्छ ।

केरा

तपाईंले बिहान एउटा केरा खाने गर्नुभयो भने तपाईंमा रोगप्रतिरोधक क्षमता बढ्छ र शरीरलाई ऊर्जा मिल्छ । साथै तपाईंलाई दिउँसो पनि आलस्य लाग्यो भने केरा खाने गर्नुस् । यसले फाइदा पुर्‍याउँछ ।

चुकन्दर रस

तपाईंले दैनिक चुकन्दरको रस पिउँदा मांसपेशीहरू बलिया हुन्छन् अनि शरीरले उर्जा पाउँछ ।

मुँगको दाल

मुँगको दाल उमालेर वा अंकुरित गरेर खाँदा स्टामिना बढ्छ । भिटामिन सी र बीले भरपूर मुँगको दाल सेवन गर्दा स्वास्थ्यलाई फाइदा पुग्छ ।

बदाम

बदाममा क्याल्सियम, फाइबर, प्रोटीन र पोटेसियम पाइन्छ । यसको सेवनले स्मरणशक्ति बढ्छ । यसबाहेक खाली पेटमा भिजाएर सात/आठवटा बदाम खाँदा फाइदा पुग्छ ।

उम्रेको चना

बिहान दैनिक जसो खाली पेट अंकुरित चना खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ । तीस ग्राम टुसा पलाएको चना खाँदा शरीरमा प्रोटीन, भिटामिन र पोषक तत्त्वको पूर्ति हुन्छ र स्टामिना बढ्छ ।

दाल

दाल तपाईंको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दिनभरि आफूलाई ऊर्जाशील राख्न चाहनुहुन्छ भने बिहानको खानामा दाल खाने गर्नुस् । यसले तपाईंलाई ऊर्जाशील बनाउनुका साथै पेटको रोगबाट पनि फाइदा पुर्‍याउँछ ।

पालुंगो

स्टामिना बढाउनकालागि पालुंगोको सूप, जुस वा सागपात खानु पनि फाइदाजनक हुन्छ । दिनबाट एकचोटि पालुंगोको सूप वा जुस पिउने हो भने यसले तपाईंलाई उर्जा दिन्छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ६ : २८ बजे

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको