सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउनुहोस् : मन्त्री गुरुङ | Khabarhub Khabarhub

सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउनुहोस् : मन्त्री गुरुङ


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने गरी काम गर्न समाज कल्याण परिषदका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

मन्त्री गुरुङले समाज सेवा, मानव सेवाजस्तो उत्कृष्ट कामलाई बदनाम गराउने गतिविधि देखिने गरेको उल्लेख गर्दै त्यसो हुन नदिन परिषदका कर्मचारीहरुलाई सचेत गराएका हुन् ।

परिषदको ललितपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित वरिष्ठ कामु निर्देशक शिवकुमार बस्नेतको बिदाई समारोहमा बोल्दै उनले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउन परिषदले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने सोचलाई अघि बढाएको स्पष्ट पारे ।

सामाजिक संघ, संस्थाहरुलाई आत्मनिर्भर बनाउँदै अघि बढाउन सो कोषले आधार तय गर्ने परिषदका अध्यक्षसमेत रहेका मन्त्री गुरुङको भनाई थियो ।

उनले परिषदलाई आफ्नो लक्ष्य हासिल हुने गरी काम गर्न सक्ने बनाउन आवश्यक सुझाव दिन पनि परिषदका कर्मचारीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा मन्त्री गुरुङले योग्यता र क्षमताको आधारमा कर्मचारीहरुलाई जिम्मेवारी दिने मापदण्ड तय गरिएको उल्लेख गर्दै सोही अनुसार अघि बढन पनि परिषदका पदाधिकारीहरुको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ३ : ३० बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले