कर्मचारीमा कोरोना पुष्टि भएपछि बैंक बन्द | Khabarhub Khabarhub

कर्मचारीमा कोरोना पुष्टि भएपछि बैंक बन्द


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटको गरुडा बजारस्थित राष्ट्रिय वाणिज्य बैंकका एक जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि बैंक अनिश्चितकालका लागि बन्द गरिएको छ।

बैंकका शाखा प्रबन्धक घनश्याम कटुवालले एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अधिकांश कर्मचारीमा लक्षण देखिएकाले सेवा प्रवाह बन्द गरिएको बताए।

पहिलेदेखि नै कर्मचारीको ग्राहकसित प्रत्यक्ष भेटघाट नभई सीमित कर्मचारीमार्फत् सेवा प्रवाह गराइरहेकोले कर्मचारीबाट ग्राहकमा संक्रमणको भने सम्भावना नरहेको कटुवालले बताए।

अधिकांश कर्मचारीमा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएपछि परीक्षण गरिने बैंकले जनाएको छ।

परीक्षणको नतिजा नआउन्जेलसम्म सबै कर्मचारी आइसोलेसनमा बस्नुपर्ने हुँदा बैंकबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरिएको शाखा प्रबन्धक कटुवालले बताए।

उनका अनुसार गरुडा नगरपालिकालाई कोरोना परीक्षणको पहलका लागि जानकारी गराइएको छ। कर्मचारी संक्रमित भएपछि बैंकको केन्द्रीय कार्यालयले शाखा सिल गर्न निर्देशन दिइसकेको छ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  २ : २७ बजे

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार