पक्राउ परेको केही दिनमै रियाको पुरानो ट्वीट किन भयो भाइरल ? | Khabarhub Khabarhub

पक्राउ परेको केही दिनमै रियाको पुरानो ट्वीट किन भयो भाइरल ?


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि उनकी प्रेमिका रिया चक्रवर्ती विवादमा तानिएकी छिन् ।

सुशान्तको आत्महत्या ड्रग्सतर्फ सोझिएपछि नारकोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले यो घटनामाथि छानबिन गरिरहेको छ । तीन दिन सोधपुछ गरेपछि रियालाई एनसीबीको टोलीले पक्राउ गरेको छ ।

मंगलवार पक्राउ परेकी रियाको एक ट्वीट यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जबकि, सुशान्तको मृत्युपछि रिया सामाजिक सञ्जाल प्रयोगकर्ताको तारो बन्दै आइरहेकी छिन् ।

सन् २०१९ मा रियाले गरेको ट्वीट बिहीवार भाइरल भयो । उक्त ट्वीटमा रियाले ड्रग्सका बारेमा उल्लेख गरेकी छिन् ।

‘एक भारतीय युवतीको डरलाग्दो कहानी पढें, जसमा मादक पदार्थ तस्करीका कारण साढे चार वर्ष जेलको सजाय काटिन्,’ रियाले उक्त ट्वीटमा भनेकी छिन् ।

रियाको उक्त ट्वीटमा यतिबेला कैयन् प्रतिक्रिया आएका छन् । एक प्रयोगकर्ताले लेखेकी छिन्, ‘कसलाई थाहा थियो, रियाले आफ्नै बारेमा भनिरहेकी थिइन् भनेर ।’

सुशान्त सिंह राजपूत गत १४ जुनमा मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृत अवस्थामा भेटिएका थिए । पोस्टमार्टम रिपोर्टमा घाँटीमा पासो लगाउँदा मृत्यु भएको भनिएको थियो ।

उनको निधनपछि बलिउडमा नेपोटिज्मको विषयमा पनि व्यापक बहस भएको थियो ।

सुशान्तका बुबाले रियालाई दोषी देखाउँदै आर्थिक लेनदेनका लागि सुशान्तको ज्यान लिएको आरोप लगाउँदै बिहार प्रहरीमा उजुरी दिएका थिए ।

त्यसपछि रियाविरुद्ध बिहार प्रहरी, सीबीआई र इडीले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा सुशान्त र रियाबीच ड्रग्स कनेक्सन देखिएपछि रियालाई एनसीबीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  १ : २७ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,