खानामा कपाल भेटिएपछि हंगामा | Khabarhub Khabarhub

खानामा कपाल भेटिएपछि हंगामा


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै मानिस सन्की स्वभावका हुन्छन् । उनीहरुले हतारमा निर्णय गर्छन र फुर्सदमा पछुताउँछन् । बंगलादेशमा एक पतिले खानेकुरामा कपाल भेटेपछि पत्नीको टाउको जबर्जस्ती मुण्ड्याइदिएका छन् ।

बब्लु मोण्डल नामक ती पतिलाई उत्तरपश्चिमी जिल्ला जोयपुरहाटबाट प्रहरीले पक्राउ गरेको छ । गाउँलेहरूले घटनाको जानकारी दिएपछि प्रहरीले मोण्डललाई पक्राउ गरेको हो ।

‘पत्नीले बिहान पतिलाई दूधभात खान दिएकी थिइन् अनि त्यसमा उनले कपाल भेटे,’ स्थानीय प्रहरी प्रमुख शहरियार खानले बताए ।

‘कपाल देखेपछि उनी रिसाए र पत्नीलाई दोष दिए । त्यसपछि उनले बिलेड लिए अनि जबर्जस्ती पत्नीको कपाल मुण्ड्याइदिए,’ उनले जानकारी दिए ।

मोण्डललाई जानाजान गम्भीर पीडा दिएको आरोप लगाइएको छ । दोषी साबित भएमा उनलाई अधिकतम १४ वर्षको कारावास सजाय दिइनेछ । उनीमाथि पत्नीको इज्जतमाथि प्रहार गरेको आरोप पनि छ ।

अधिकारकर्मीहरूले बंगलादेशमा महिलाविरुद्धको दमनको घटना बढिरहेको बताएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ३ : ०६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ