अन्तिम टी-२० मा इंग्ल्याण्डलाई हराएको अष्ट्रेलिया बरियताको शीर्ष स्थानमा | Khabarhub Khabarhub

अन्तिम टी-२० मा इंग्ल्याण्डलाई हराएको अष्ट्रेलिया बरियताको शीर्ष स्थानमा


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– तेस्रो तथा अन्तिम टी-२० खेलमा इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको अष्ट्रेलिया फेरि टी-२० विश्व बरियतामा शीर्ष स्थानमा उक्लिएको छ ।

अष्ट्रेलियाको जीतसँगै तीन टी-२० आई सिरिज २–१ मा सकिएको छ । यसअघि इंग्ल्याण्ड पहिलो खेलमा दुई रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै सिरिज आफ्नो पक्षमा पारिसकेको थियो ।

लगातार दुई जीतले इंग्ल्याण्ड विश्व बरियतामा शीर्ष स्थानमा समेत उक्लिएको थियो । दुबै टोलीको समान २ सय ७३ रेटिङ अंक हुँदा तेस्रो खेल जीत्ने टोली विश्व बरियतामा शीर्ष स्थानमा उक्लिने समीकरण बनेको थियो ।

जीतका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । जीतसँगै अष्ट्रेलिया २ सय ७५ रेटिङ अंकका साथ शीर्ष स्थानमा पुगेको छ ।

दोस्रो स्थानमा रहेको इंग्ल्यान्डको समान खेलमा २ सय ७१ रेटिङ अंक छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ६ : ०२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका