क्यान्सरको भन्दा कोरोनाको डर ठूलो | Khabarhub Khabarhub

क्यान्सरको भन्दा कोरोनाको डर ठूलो

बीपी कोइराला क्यान्सर अस्पतालमा बिरामीको संख्या ९५ प्रतिशत कम


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोरोना संक्रमणअघि भर्ना भएकै दैनिक सरदर चार सय जना हुन्थे । कोरोना संक्रमण र लकडाउनका कारण अस्पताल आउने क्यान्सरका बिरामीको संख्या ह्वात्तै घटेको छ ।

अस्पतालका रजिष्ट्रार तथा मेडिकल अंकोलोजी डिर्पाटमन्टका प्रमुख डा. गुरुशरण शाहका अनुसार हाल २० जना बिरामी मात्र भर्ना भएर उपचाररत छन् । उपचाररत बिरामीको यो संख्या पहिलेको तुलनामा ९५ प्रतिशत कम हो ।

कोरोना संक्रमण देखिन थालेपछि भएको पहिलो चरणको लकडाउनमा अस्पतालको सेवामा खासै असर परेको थिएन । कोरोना संक्रमणको दर बढ्दै जाँदा अस्पतालमा आएका बिरामीमा पनि संक्रमण देखियो ।

सुरुमा एक जना बिरामीबाट संक्रमण देखिएकोमा बिस्तारै अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सकहरू पनि संक्रमित हुँदै गए । साउन २८ गते आकस्मिक सेवा विभागमा काम गर्ने एकजना नर्समा कोरोना संक्रमण देखिएको थियो ।

डा.शाहका अनुसार भदौ २२ गतेसम्ममा अस्पतालका तीन जना चिकित्सकसहित ४५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ‘साउन २८ गतेदेखि अहिलेसम्ममा तीन चिकित्सकसहित ५४ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना देखिएको छ,’ डा. शाहले भने, ‘केही स्वास्थ्यकर्मी निको भइसक्नुभएको छ ।’

संक्रमित हुनेमा नर्स, सरसफाइका कर्मचारी र ल्याबमा काम गर्नेहरू बढी छन् । अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू गरेर कुल ७ सय जनाभन्दा बढी कार्यरत छन् ।

उनीहरूलाई कोरोनाको जोखिम नहोस् भनेर अस्पतालमा आउने बिरामीहरूसँग दूरी कायम गरेर उपचार र परामर्श दिने गरिएको डा. शाहको भनाइ छ । चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्री उपलब्ध गराइएको छ ।

डा. शाहले भने, ‘संक्रमित बिरामीबाट डाक्टर तथा स्वास्थ्यकर्मीमा कोरोना सर्न सक्ने जोखिम ध्यानमा राखेर हामीले ओपिडिमा झण्डै डेढ मिटरको शारीरिक दूरी कायम गरेर परामर्श दिने गरेका छौँ, बिरामी जाँच गर्ने चिकित्सकलाई मास्क, पञ्जा, फेस सिल्ड र स्यानिटाइजर अनिवार्य गरेका छौँ ।’

उनका अनुसार बिरामीलाई गेटबाट छिर्दा मास्क अनिवार्य गरिएको छ । अस्पतालमा छिर्ने सबैको तापक्रम नापिन्छ । शारीरिक दूरीको मापदण्ड कडाइका साथ पालना गराइएको छ । प्रत्येक ओपिडिमा साबुन पानी राखिएको छ ।

पहिलो चरणको लकडाउनमा पनि ओपिडिमा दैनिक ५०० देखि ६०० हाराहारीमा बिरामीहरू आउने गरेका थिए । अस्पतालकै चिकित्सक र कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि बिरामीको संख्या घटेको डा. शाहले बताए ।

अस्पतालमा हाल दैनिक एक सयभन्दा केही बढी बिरामीहरू ओपिडिमा आउने गरेका छन् । अस्पतालले ओपिडि र आकस्मिक सेवा लिन अस्पताल आउने बिरामीहरू र तिनका कुरुवाको पनि कोरोना परीक्षण गराउने गरेको छ । डा. शाहका अनुसार हिजोआज अस्पतालमा ओपिडि सेवामा आउने सरदरमा ८ देखि १० जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।

ओपिडि सेवा लिन आएका बिरामीमा संक्रमण पुष्टि भएमा आकस्मिक अवस्था भएमात्र उपचार गर्ने गरिएको डा. शाहले बताए । कोरोना पुष्टि भएका बिरामीहरूलाई क्यान्सरको उपचार नगरी सम्बन्धित जिल्लामा समन्वय गरी अवस्थाअनुसार होम आइसोलेसनमा वा संस्थागत आइसोलेसनमा पठाउने गरिएको डा. शाहको भनाइ छ ।

ओपिडिमा आउने बिरामीहरूको क्यान्सरको उपचार कोरोना ठिक भएपछि गर्दा पनि हुने अवस्थामा आइसोलेसनमा पठाउने गरेको उनको भनाइ छ । आकस्मिक सेवा लिन आएका बिरामीमा भने अहिलेसम्म कोरोना संक्रमण नदेखिएको डा. शाहले बताए ।

आकस्मिक सेवा लिन आउने बिरामीमा संक्रमण पुष्टि भए छुट्दै उपचारको व्यवस्था गरिएको डा. शाहले बताए । उनले भने, ‘हाम्रो अस्पतालमा अहिलेसम्म कोरोना पुष्टि भएका र क्यान्सरको उपचार पनि तत्काल गर्नुपर्ने बिरामी आएका छैनन् तर त्यस्ता बिरामी आए पनि उपचारका गर्न सक्ने तयारी गरेका छौँ ।’

उपचार पूरा भइसकेर फलोअपमा आउने समय भएका बिरामी र परीक्षणका लागि आउने बिरामीलाई सम्भव भएसम्म फोनमै परामर्श दिने गरेको डा. शाहले बताए ।

कोरोना संक्रमणको जोखिम भएकाले कुनै स्वास्थ्य समस्या देखिएमा पहिला नजिकको स्वास्थ्य संस्थामा देखाउन र आउनै पर्ने अवस्थामा मात्रै अस्पताल आउन डा. शाहको सुझाब छ ।

उनका अनुसार एकजना बिरामीको साथमा एक जनामात्र कुरुवा बस्न भनिएको छ ।

 

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ८ : १२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०