शाओमीद्वारा नेपालमा रेडमी नोट ९ प्रो म्याक्स र मी पावर बैंक २ आई सार्वजनिक | Khabarhub Khabarhub

शाओमीद्वारा नेपालमा रेडमी नोट ९ प्रो म्याक्स र मी पावर बैंक २ आई सार्वजनिक


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले सोमबार नेपालमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्तामा नयाँ स्मार्टफोन ल्‍याउने भएको छ।

यस वर्षको शुरुवातमा सार्वजनिक भएका रेडमी नोट ९ र रेडमी नोट ९ प्रो को साथ यो यस सिरिजको तेस्रो स्मार्टफोन हो।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमी नोट ९ प्रो म्याक्सले आफ्नो सेग्मेन्टको हार्डवेयर र सफ्टवेयरको नवीनतलाई चुनौती दिएको बताएका छन्।साथै उनले पहिलो पटक मी पावर बैंक २ आईको साथ ब्राण्डको नयाँ कोटीमा पावर बैंक भित्र्याएको बताएका छन्।

रेडमी नोट ९ प्रो म्याक्स-प्रो क्यामेरा, अधिकतम प्रदर्शन

शाओमीको बेस्ट सेलिङ्ग सिरिज रेडमी नोटले प्रो म्याक्स भेरियन्ट ल्याएको छ जसले पहिलो पटक सेगमेन्टमा प्राविधिक नवीनतालाई अगाडि धकेलेको छ।

औरा ब्यालेन्स डिजाइन

औरा डिजाइन जुन हाम्रो रेडमी नोट ७ सिरिजमा प्रस्तुत गरिएको थियो यसले अहिले रेडमी नोट ९ प्रो म्याक्सका साथ प्यारडाइम शिफ्ट भएको छ। यसले सुधारिएको औरा ब्यालेन्स डिजाइन प्रस्तुत गर्दछ।

१६.९सीएम (६.६७ इन्च) एफएचडी प्लस डट डिस्प्लेका साथ २०:९ सिनेमेटिक स्क्रिनले इमर्सिभ अनुभव ल्याउँछ र फ्रन्टमा भएको इन डिस्प्ले क्यामेराले नचहरुलाई हटाउँछ जसले यसलाई रेडमीको स्मार्टफानमा उपलब्ध अहिले सम्मकै ठुलो डिस्प्ले बनाउँछ।

रियरमा क्वाड क्यामेरा सेटअप छ जुन पछाडि ग्लासमा सुरक्षित ढंगले बसेको छ र स्क्वायर डिजाइनले सबै लेन्सहरुमा लगातार फिल्ड अफ भ्यू सक्षम गर्दै लेन्सहरु स्विच गर्दै फोकसबाट कम शिफ्ट हुन सक्षम पार्दछ।

प्रयोगकर्ताको अनुभवलाई बढाउनका लागि, रेडमी नोट ९ प्रो म्याक्समा जेड एक्शीस लिनियर भाइब्रेसन मोटर विशेषता छ, र यो सेग्मेन्टमा यस विशेषता हुने एक मात्र डिभाइस बनेको छ । जेड एक्शीस लिनियर मोटरले यूआईमा १५० भन्दा बढि कस्टुम भाइब्रेसन प्याट्रनमार्फत फ्ल्यागसीपमा जस्तो ह्यापटिक अनुभव प्रदान गर्दछ।

पर्फमेन्श

रेडमी नोट ९ प्रो म्याक्समा पर्फमेन्शमा केन्द्रित क्वालकम स्न्यापड्रैगन ७२०जी र ८एनएम चिपसेट छ जसमा कस्टुम प्चथय आर्टिटेक्चर छ। यो 8 Kryo™ 465 cores (2 x Gold – Cortex A76 clocked at 2.3 GHz + 6 x Silver – Cortex A55 clocked at 1.8 GHz) द्वारा संचालित छ र ७५० एमएचजेडमा एड्रिनो ६१८ जीपीयू को साथै स्न्यापड्रैगन इलाइट गेमिङसंग जोडिएको छ। गेमिङ र पर्फमेन्शलाई बढाउन यस डिभाइसमा 2×2 MIMO वाईफाई छ जसले द्दह् थ्रुपुट सम्म, उत्कृष्ट लेटेन्सी, कभरेज र कल स्पष्टतालाई सक्षम बनाउँछ।

शाओमीको आईएसआरओ र क्वालकम टेक्नोलोजीहरुसंगको गहन साझेदारीको परिणामस्वरुप क्वालकम स्न्यापड्रैगन ७२०जी को सपोर्टका साथ NavIC इन्ट्रीगेशन ल्याएर नेभिगेसनल टेकमार्फत छलांग मारेको छ। ल्बखक्ष्ऋ आईएसआरआको इन्डिजीनियस नेभिगेशन प्रणाली हो जसले १५०० किमी र भारत उपमहादीपको वरिपरि कम टाइम टु फिक्स र उत्कृष्ट एकुरेसीको अनुमति दिन्छ।

रेडमी नोट ९ प्रो म्याक्सले स्लिम प्रोफाइल कायम राख्दै विशाल ५०२० एमएएच ब्याट्री प्रस्तुत गर्दछ । रेडमी नोट ९ प्रो म्याक्स बक्समा ३३वाट्ट फास्ट चार्जरको साथ आउँछ।

क्यामेरा: उत्कृष्ट गुणस्तर, अधिक रचनात्मकता

रेडमी नोट ९ प्रो म्याक्समा क्वाड क्यामेरा सेटअपको सुविधा सहित ६४एमपी सामसङ्ग आइसोसेल ब्राइट जीडब्लु१ सेन्सर, ११९ डिग्री फिल्ड अफ भ्यूका साथ ८एमपी अल्ट्रा-वाइड सेन्सर, उद्योग अग्रणी ५एमपी म्याक्रो सेन्सर र २एमपी डेप्थ सेन्सर छ। फ्रन्टमा ठुलो ३२एमपी सेन्सर छ जसले उच्च गुणस्तरको फोटोग्राफी, भिडियोग्राफी र एआई फेस अनलक सक्षम गर्दछ।

रचनात्मक र सृजनाकर्ताहरुलाई सक्षम गर्नका लागि रेडमी नोट ९ प्रो म्याक्समा भिडियोग्राफीका लागि टुल जस्तै रियर क्यामेरा, दुवै मुख्य क्यामेरा र वाइड एन्गल सेन्सरमा सुपर स्टेबलाइजेशन छ।

सुपर स्टेबलाइजेशनले ईआईएसको तुलनामा उच्च स्तरको स्थिरताका साथ प्रयोगकर्तालाई भिडियो सुट गर्न सक्षम गर्दछ। प्रयोगकर्ताले मुभी मोडमा सुट गर्न सक्दछन् जसले भिडियोमा २१:९ फ्रेमको लागि अनुमति दिन्छ। ५ एमपी म्याक्रो सेन्सरले १०८० पी मा भिडियो रेकर्डिङ गर्न सक्षम गर्छ जुन यस सेग्मेन्टमा दुलर्भ छ।

कलाइडस्कोप, दुवै रियर र फ्रन्ट क्यामेरामा भएको स्लो मोसन भिडियोले प्रयोगकर्तालाई इन्गेजिंग कन्टेन्ट बनाउन सक्षम गर्दछ । प्रो मोडमा भएको लग मोड, हिस्टोग्राम, फोकस पिकिंग, एक्सपोजर पिकिंगले कन्टेन्ट क्रेटरलाई आकस्मिक भिडियो निर्माणमा भन्दा धेरै राम्रो बनाउँन अनुमति दिन्छ।

१०००० एमएएच मी पावर बैंक २आई र २०००० एमएएच मी पावर बैंक २ आई

१०००० एमएएच मी पावर बैंक २आईमा एलिगेन्ट डबल एनोडाइज्ड एल्युमुनियक डिजाइन छ जुन हलुका वजन भएको र मात्र १४.२ एमएम स्लिम छ । ८५५ सम्म रुपान्तरण दर भएको यसले गुणस्तरीय स्मार्टफोनलाई धेरै पटकसम्म चार्ज गर्न सक्दछ।

उच्च क्षमता भएको २०००० एमएएच मी पावर बैंक २आई मा पोलीकारबोनेट केसका साथ एक्सट्रा ग्रिपका लागि पर्फोरेटेड एक्सटेरियर प्रस्तुत गर्दछ।

दुवै १०००० एमएएच मी पावर बैंक २आई र २०००० एमएएच मी पावर बैंक २आई मा लिथियम पोलिमर ब्याट्री र डुअल यूएसबी आउटपुट डिभाइस छ जसले गर्दा एकै साथ दुईवटा उपकरण चार्ज गर्न सकिन्छ।

यसका साथै मी पावर बैंक २आईमा वर्ल्ड-क्लास सरकिट चिप प्रोटेक्सनको ९ तहहरु छन् र टेक्सास इन्स्ट्रुमेन्टद्वारा निर्मित यूएसबी स्मार्ट कन्ट्रोल चिप र चार्जिङ÷डिस्चार्जिङ चिप छ । सुरक्षालाई सुनिश्चित गर्दै, यसले चार्जिङ कन्भर्जन दरलाई सुधार गर्दै डिस्चार्जिङ भोल्टेजलाई स्थिर बनाउँछ।

मुल्य र उपलब्धता

रेडमी नोट ९ प्रो म्याक्स तीन कलर भेरियन्ट—इन्टरस्टेलर ब्ल्याक, अरोरा ब्लू र ग्लेसियर ह्वाइटमा ६जीबी+१२८जीबी र ८जीबी+१२८जीबी स्टोरेज भेरियन्टमा क्रमशः रु ३१,९९९ र रु ३४,९९९ मा उपलब्ध हुनेछ।

मी पावर बैंक २आई दुई भेरियन्टमा —१०००० एमएएच र २०००० एमएएचमा क्रमशः रु १,८९९ रु ३,१९९ मा उपलब्ध हुनेछ ।

दुवै फोन र पावर बैंक सबै आधिकारिक मी स्टोर,रिटेल पार्टनर र अनलाइन च्यानलमा उपलब्ध हुनेछ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ६ : ५४ बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।