ओपो एफ १५ का ३ उत्कृष्ट फिचर्स : फोनलाई बनायो पृथक, आकर्षक र लोकप्रिय | Khabarhub Khabarhub

ओपो एफ १५ का ३ उत्कृष्ट फिचर्स : फोनलाई बनायो पृथक, आकर्षक र लोकप्रिय


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कम्पनीद्वारा पहिलो पटक अनलाइन लञ्च ईभेन्ट आयोजना गरी सार्वजनिक गरिएको ओपो एफ१५ले यसमा रहेको ४८ एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन मार्फत प्रयोगकर्तालाई ब्यवसायिक फोटोग्राफी झैँ अनुभव प्रदान गरिरहेको छ ।

“ओपो एफ१५ले विभिन्न नवप्रवर्तन र ट्रेण्डि प्रविधिहरुको समायोजन मार्फत ह्याण्डसेटकै माध्यमबाट धेरैभन्दा धेरै काम गर्न सकियोस् भन्ने चाहना राख्ने यूवा पुस्तालाई अपिल गर्ने लक्ष्य राखेको छ । यूवा पुस्ता माझ हाम्रो एफ सिरिज सर्वाधिक लोकप्रिय सिरिजका रुपमा प्रमाणित भइसकेको छ । एफ सिरिज अन्तर्गतको यो नयाँ उत्पादनले प्रयोगकर्ता अनुभवमा थप सुधार ल्याउँदै अझ व्यवसायिक (नजिक) देखिने तस्विर खिच्न सघाउँछ ।”, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

निर्माताका साथै उपभोक्ता समेत एफ१५ मार्फत पस्किएका नवप्रवर्तन तथा कार्य सम्पादनबाट पूर्णरुपमा सन्तुष्ट छन् । यसै कारण प्राप्त मायाँ र माग मार्फत एफ१५ले एफ सिरिजलाई नयाँ उचाइ समेत प्रदान गरिरहेको छ ।

फोनमा समाहित तीन प्रमुख विशेषता

हत्केलामै ब्यवसायिक फोटोग्राफी परफरमेन्स : स्लिक प्याकेजमा उपलब्ध ओपो एफ१५मा कम्पनीले ४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम उपलब्ध गरेको छ । फोनको मूल्य श्रेणीमा उपलब्ध उत्पादनहरु मध्य नै यसको क्यामेरा उच्च क्षमताको हुनुका साथै अल्ट्रा प्रोफेसनल शट्स दिने क्षमता राख्छ । यसमा रहेको फोर(ईन(वान पिक्सेल कम्बिनेसन प्रविधिको प्रयोगले यसको ४८एमपी रियर क्यामेरा सेन्सरको डिजाइन मार्फत विस्तृत तथा गुणस्तरीय तस्विर लिन सघाएको छ ।

यसमा रहेको वाइड एंगल मोड मार्फत प्रयोगर्ताले करिव ३ सेन्टिमिटर सम्म माक्रोको प्रयोगगर्दै सहजै अटोफोकस गर्न सक्छन् । यसर्थमा अब खानाका तस्विर अझ लोभलाग्दा, अक्षर तथा कागजातहरु अझ स्पष्ट र खिच्न सहज हुनुका साथै, फूल तथा किराहरुका तस्विर अझ सहजरुपमा थप आकर्षक तरिकाले सहजै लिन सकिन्छ ।

फोनका फ्रन्ट तथा पछिल्ला दुबै पट्टिका क्यामेरामा उपलब्ध एआई भिडियो ब्यूटिफिकेशन फिचरमा उपलब्ध गरिएको नयाँ अल्गोरिथमले हरेक अनुहारका लागि सुहाउँदो प्राकृतिक ब्यूटिफिकेसन एड्जस्टमेन्टका लागि कस्टमाइज्ड एनालाइसिसपनि उपलब्ध गराउँछ ।

आन्तरिक गायरोस्कोपका साथै ईलेक्ट्रोनिक ईमेज स्टेबलाइजेसन (ईआईएस) सुसज्जित ओपो एफ१५मा ओपोको अग्रणी एण्टि(शेक भिडियो पनि उपलब्ध गरिएको छ । शेकी (हल्लिरहेको) अवस्थामा समेत ओपो एफ१५ले स्पष्ट, शार्प र सटिक (कम्पन रहित) भिडियो खिच्न सघाउँछ । तसर्थ, तस्विर वा भिडियो मार्फत आफ्ना कथाहरु प्रस्तुत गर्न चाहनेहरुका लागि ओपो एफ१५ सटिक माध्यम हुन सक्छ ।

फोनमा कम्पनीले कम प्रकास भएका स्थानमा समेत आकर्षक पोट्रेट फोटोग्राफीको मज्जा दिने सोचका साथ नाइट प्रोटे«ट मोड पनि उपलब्ध गराएको छ । कम्पनीले उपलब्ध गराएका पछिल्ला संस्करणका तुलनामा ओपो एफ १५ रहेको नाइट पाट्रेट मोडले अध्यारा सडक, रेस्टूराँ, पार्क लगायत विशेष स्थानमा अझ सटिक पोटे«ट खिच्न सघाउँछ । त्यसैगरी, यसमा रहेको पोट्रेट एचडीआरले प्रत्यक्ष सूर्यको प्रकाश रहेका स्थानमा पहिलेका तुलनामा अझ सटिक र गुणस्तरिय पोटे«ट लिन सघाउँछ । फरक फरक एक्स्पोजर सहितका तस्विर लिएर यसलाई ईन्टेलिजेन्ट प्रविधि मार्फत एउटैमा मिलाएर एउटा विशिस्ट फोटो प्रस्तुत गर्छ । त्यसैगरी यसमा आवश्यकता अनुसार मिलान गर्न सकिने एड्जस्टेबल पोट्रेट बोकेह ईफेक्टपनि उपलब्ध छ । यसको सहायता मार्फत प्रयोगकर्ताले आफ्नो चाहना अनुसार ब्याकग्राउण्ड बोकेह ईफेक्ट समायोजन गर्न सक्छन् ।

अत्याकर्षक स्लिक डिजाइन र उत्कृष्ट परफरमेन्स : एक हातमा राखेर मज्जाले चलाउन सकियोस् भन्ने तिर विशेष ध्यान दिएर बनाइएको ओपो एफ१५को हल्कापन हातमा बोक्ने वित्तिकै अनुभव हुन्छ । जम्मा ७.९ एमएमको पातलो आकार र १ सय ७२ ग्राम वजन भएको यसमा दिइएको डिजाइनका कारण यसको स्क्रिन रेसियो २०ः९ रहेको छ । यो पछिल्लो एफ११का तुलनामा ५ प्रतिशत थप पातलो र ९ प्रतिशत हल्का हो ।

यसमा प्रयोग गरिएको स्लिम डिजाइनका कारण ओपो एफ१५ सहजै खल्तीमा बोक्न सकिन्छ । यसमा रहेका चार क्यामेरामा मिनिमलिस्टिक डिजाइन अपनाइनुका साथै फ्ल्याशलाइटको स्थान छनोट क्यामेराको प्रकाशका आधारमा गरिएको छ । क्यामेराको सतहलाई माथी उठाएर यसको लेन्सलाई थप सुराक्षा प्रदान गर्ने सोचका साथ यसमा डेकोरेटिभ रिङको व्यवस्था पनि गरिएको छ । समग्रमा भन्नु पर्दा ओपो एफ१५ स्टाइलिश, अल्ट्रा पोर्टेबल र सटिक ओटीजी फोन हो ।

ओपो एफ१५मा रहेको फिंगरप्रिन्ट अनलक ३.० ले उपकरणलाई मात्र ०.३२ सेकेण्डको अवधिमा अनलक गर्छ । यो पछिल्लो पुस्ताका प्रविधिका तुलनामा ४५%ले तिव्र हो । यसका लागि नयाँ प्रविधिको हार्डवेयर र सफ्टवेयर दूबै पक्षमा विशेष सुधार गरिएको छ । यसका कारण तिव्र्र गतिमा अनलकिङ हुनुका साथै, हार्डवेयरमा आधारित एन्टी फोर्जिङ प्रविधि मार्फत थप सुरक्षा प्राप्त हुन्छ ।

८ जीबी ¥याम र १२८जीबी रोम सुसज्जित ओपो एफ१५ले स्मूथ अनुभवका साथै पर्याप्त स्टोरेज उपलब्ध गराउँछ । भोक फ्ल्याश चार्ज ३.० सहितको ओपो एफ१५ले मात्र ५ मिनेटको समयमा १०% र ३० मिनेटमा ५०% चार्ज दिने क्षमता राख्छ । पछिल्लो भोक २.०का तुलनामा यो २६%ले तिब्र छ ।

शक्तिशाली सफ्टवेयर र हार्डवेयर : ९०.७% स्क्रिन टू बडी रेसियो तथो एफएचडी+ एमोलेड २४००×१०८० रेजोल्यूशन सहितको ओपो एफ१५ले अल्ट्रा क्र्रिस्प गेमिङ तथा मनोरञ्जन अनुभव प्रदान गर्छ । फ्रेम बुस्ट र टच बुस्ट सहितको ओपो एफ१५ले स्मूथ गेमिङ अनुभव प्रदान गर्छ । यी फिचर्सले गेम ल्याग हुनुबाट जोगाउनुका साथै टच रेस्पोन्सा सुधार ल्याएर गेमिङमा राम्रो नियन्त्रण बनाउनमा समेत सघाउँछ । यसमा रहेको गेमिङ भ्वाइस चेन्जरको सहायता खेलमा थप रमाइलो थप्ने निश्चित छ । यसमा रहेको ईन(गेम न्वाइज क्यान्सलिङ ईफेक्ट मार्फत गेमिङ साउण्डमा थप सुधार दिँदै आवाज सुन्न र पहिचान गर्नमा सघाउँदै खेलमा उत्कृष्टता ल्याउन सघाउँछ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ७ : ४९ बजे

महाराजले श्रीमतीलाई महारानी बनाउनुपर्छ : श्रीनिवास

हिन्दु धर्मगुरु आचार्य श्रीनिवासले शीतलकृष्ण महाराजले श्रीमतीलाई अन्याय गरेको आरोप

भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८०’ माथि विचार गरियोस्

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको

ओलीको टिप्पणी- गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग अनावश्यक

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय

सकियो  ‘पुजार सार्की’को छायांकन 

काठमाडौं– नायकहरू आर्यन सिग्देल,  प्रदीप खड्का र पल शाहको मुख्य