हङकङका प्रजातन्त्रवादी अभियान्ता जिमी लाई पक्राउ | Khabarhub Khabarhub

हङकङका प्रजातन्त्रवादी अभियान्ता जिमी लाई पक्राउ


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – हङ्‌कङका चर्चित प्रजातन्त्रवादी अभियान्ता जिमी लाई हङकङ प्रहरीले पक्राउ गरेको छ ।

विदेशी शक्तिहरूसँग मिलेमतो गरेको आरोपमा ७१ वर्षीय जिमी लाई  प्रहरीले पक्राउ गरेको हो ।

गत महिना चीनले कार्यान्वयन गराएको विवादास्पद राष्ट्रिय सुरक्षा कानून उल्लंघन गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

उनी गत वर्ष हङ्‌कङमा भएको प्रजातन्त्रवादी आन्दोलनका समर्थक र त्यहाँको सबैभन्दा ठूलो एपल डेली समाचारपत्रका प्रकाशकसमेत हुन्।

गत फेब्रुअरीमा उनलाई अवैधानिक रूपमा भेला भएको तथा बलजफती गरेको अभियोगमा पक्राउ गरिएको थियो। त्यसबेला उनी धरौटीमा छुटेका थिए । उनीसँगै प्रहरीले सोमवार सात व्यक्तिलाई राष्ट्रिय सुरक्षा कानून उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १२ : २९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०