ब्राजिलमा कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो | Khabarhub Khabarhub

ब्राजिलमा कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

सोमबार यो समाचार तयार पार्दासम्म एकै दिन ५९३ जनाको मृत्यु भएको छ । योसँगै ज्यान गुमाउनेको संख्या पनि १ लाख १ हजार १३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२ हजार २१३ जनामा संक्रमण पुष्टि भएपछि  ब्राजिलमा संक्रमित संख्या ३० लाख ३५ हजार ५८२ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २१ लाख १८ हजार ४६० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १५ हजार ९८६ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ५ : ५४ बजे

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू