व्यवसायीद्वारा सार्वजनिक यातायात चलाउन अस्वीकार | Khabarhub Khabarhub

व्यवसायीद्वारा सार्वजनिक यातायात चलाउन अस्वीकार

सरकारले माग सुनुवाई नगरेकोमा रुष्ट



काठमाडौं- यातायात व्यवसायीहरूले सरकारको निर्णयअनुसार सार्वजनिक यातायात सञ्चालन गर्न अस्वीकार गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ दुवैले आफ्ना माग सनुवाई नभएसम्म गाडी सडकमा निकाल्न नसक्ने जनाएका छन् ।

सरकारले सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको भए पनि व्यवसायीका माग सम्बोधन नगरेको उनीहरूको आरोप छ ।

सरकारले काठमाडौं उपत्यकामा शुक्रबादेखि ट्याक्सी र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले तत्काल सार्वजनिक सवारीसाधन सञ्चालन गर्न नसक्ने खबरहबलाई बताए ।

लकडाउनका कारण सवारीसाधनमा खिया लागेकोले मर्मत, मजदुर र यात्रुको स्वास्थ्य सुरक्षा, सवारीसाधनको निःसंक्रमण लगायतका विषय सरकारले सम्बोधन नगरेकाले तत्काल यातायात चलाउन नसक्ने अधिकारीको भनाइ छ ।

उनले सरकारले बैंकको व्याज र किस्ताका सम्बन्धमा यातायात व्यवासायीको माग सुनुवाई नगरेको आरोप लगाए ।

‘बैंकको व्याज र किस्ता सार्ने लगायतका मागको सुनुनाई भएको छैन,’ अधिकारीले खबरहबसँग भने, ‘सरोकोरवाला पक्षसँग केही नबुझी आएको निर्णयमा हामी चल्न सक्दैनौँ ।’

चालक र परिचालकहरू घर गएको र लकडाउनका कारण उनीहरू तत्कालै फर्किन सक्ने अवस्थामा नरहेको पनि उनको भनाइ छ । गाडी मर्मतका लागि कारखाना र मिस्त्री लगायतका समस्याका कारणले पनि तत्कालै सार्वजनिक यातायात सञ्चालन गर्न सक्ने स्थिति नरहेको उनले बताए । उनले सरकारको मौद्रिक नीति पनि पर्खिने बताए ।

‘अब सार्वजनिक यातायात कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारे सरकारले बोलाएर छलफल गर्नुपर्छ,’ अधिकारीले भने, ‘मौद्रिक नीति सार्वजनिक भएपछि के हुन्छ, हेरेर निर्णय गर्ने छौँ ।

बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले तोकिएको मापदण्डका आधारमा काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय भएको बताएका थिए । सरकारले उपत्यका बाहिर पनि जिल्लाभित्र चलाउन दिने निर्णय गरेको थियो ।

सार्वजनिक यातायात केन्द्रीय महासंघले सरकारले व्यवसायीसँग संवाद नै नगरी एकपक्षीय निर्णय गरेको आरोप लगाउँदै आपत्ति जनाएको छ ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महासंघका महासचिव भरत नेपालले सार्वजनिक यातायातका सबै साधनहरूमा विश्व स्वास्थ्य संगठनले तोकेअनुसार मापदण्ड पूरा गर्ने जिम्मेवारी सरकारले लिनुपर्ने, यातायात मजदुर र यात्रुहरूको स्वास्थ्य सुरक्षाको व्यवस्था गर्नुपर्ने बताए ।

‘चार महिनाको बन्दाबन्दी अवधिको व्याज छुट हनुपर्छ, कर र राजस्वमा बन्दाबन्दीको समयको छुट हुने व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘सरकारले माग तत्काल सम्बोधन नगरे सार्वजनिक यातायातको चाबी सम्बन्धित निकायमा बुझाउनेछौँ ।’

यस्तो छ सुरक्षा मापदण्ड

मन्त्रिपरिषदको निर्णयअनुसार काठमाडौं उपत्यकाभित्र ट्याक्सीमा चालकसहित तीन जनामात्र यात्रा गर्न पाइनेछ । एकै परिवारका सदस्य भए पाँच जनासम्म यात्रा गर्न पाइनेछ ।

सरकारले सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । सार्वजनिक सवारीसाधनमा सामाजिक दूरी कायम राखेर सिट क्षमताको ५० प्रतिशत यात्रु मात्रै बोक्नुपर्नेछ ।

सवारीसाधनमा अनिवार्य रूपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्नेछ । चालक र सहचालकले मास्क र ग्लोब लगाउनु पर्नेछ ।

भाडा भने ५० प्रतिशत बढी लिन पाउने सरकारको निर्णय छ ।

महासंघले जारी गरेको विज्ञप्ति यस्तो छ-

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ७ : ४६ बजे

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट