बर्दिया र झिमरुकमा विपद प्रतिकार्यका लागि पूर्वतयारी अभ्यास | Khabarhub Khabarhub

बर्दिया र झिमरुकमा विपद प्रतिकार्यका लागि पूर्वतयारी अभ्यास


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- वर्षाका समयमा मानवीय तथा भौतिक क्षति हुन नदिन जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले पूर्वाभ्यास गरेको छ ।

बाढीका कारण हुन सक्ने मानविय तथा भौतिक क्षति रोक एवं खोज तथा उद्धारलाई प्रभावकारी बनाउने उदेश्यका साथ यस वर्ष पनि बबई नदीमा पूर्वउद्धाराभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।

जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र तथा सुरक्षा निकायमा रहेका रबर बोट, खोज तथा उद्धार सामग्रीको प्रयोग गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना तथा रेडक्रसको सहभागितामा विपद्सम्बन्धी पूर्वाभ्यास गरिएको प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालले जानकारी दिए ।

यसैबीच अविरल वर्षासँगै आएको बाढीपहिराबाट नागरिक जोखिममा पर्न सक्ने सम्भावनालाई ध्यानमा राखी उद्धार गर्ने अभ्यासका लागि प्युठानमा संयुक्त सुरक्षा फौजले नमुना प्रदर्शन गरेका छन् ।

प्युठान नगरपालिका–४ बिजुवारस्थित झिमरुक नदीमा नेपाली सेना र सशस्त्र प्रहरीले आज नमूना प्रदर्शन गरेका हुन् ।

वर्षायाममा बाढीपहिराका कारण जोखिम बढ्दै जान थालेसँगै नागरिकको उद्धारार्थ अभ्यासको नमूना प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद पन्थले जानकारी दिए ।

गाउँमा उपलब्ध हुन सक्ने साधन प्रयोग गरी बनाइएको ड्रम, गाडीका पाङ्ग्राका ट्युब, डोरीलगायत सामग्री प्रयोग गरी बाढीले बगाएको र पहिरामा परेका व्यक्तिको उद्धारको नमूना प्रदर्शन गरिएको हो ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ८ : १२ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या