२४ घण्टामा १२० संक्रमणमुक्त, हालसम्म ८ हजार ११ ले जिते कोरोना | Khabarhub Khabarhub

२४ घण्टामा १२० संक्रमणमुक्त, हालसम्म ८ हजार ११ ले जिते कोरोना


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ सय २० जना उपचारपछि विभिन्न आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन्।

योसँगै निको हुनेको संख्या ८ हजार ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार १ सय ३९  डिस्चार्ज भएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ हुम्ला गरी कोरोना मुक्त हुने जिल्ला ६ पुगेका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ।

शुक्रबार विभिन्न २५ प्रयोगशालबाट ४ हजार ८ सय ६ जनाको पीसीआर परीक्षण भएको छ।

हालसम्म २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा रहेका छन्  भने ८ हजार ६ सय ३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ४ : ४५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०