राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान | Khabarhub Khabarhub

राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि युवा तथा खेलकुद मन्त्रालयले दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो । यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया सुरु भएको छ ।

खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (२) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले ऐनमा उल्लेख भए अनुसारको योग्यता पुगेका उम्मेदवारले सात दिन भित्र निवेदन पेश गरिसक्नु पर्ने जनाएको छ ।

असार ११ गते राष्ट्रपतिबाट प्रमाणिकरण भइ असार १७ नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसंगै राखेपका सदस्य सचिव रमेश सिलवाल सहितका पदाधिकारीको नियुक्ति खारेज भएको थियो ।

अन्य पदाधिकारी नियक्तिको प्रक्रिया बिस्तारै सुरु गर्ने योजनामा रहेको मन्त्रालयले कार्रकारी पदका रुपमा रशेको सदस्य सचिव नियुक्ति प्रक्रिया भने सुरु गरिसकेको छ।

असार १८ गतेदेखि सदस्य सचिव विहीन रहेको राखेपमा अहिले भक्तबहादुर ढकाल कार्यवाहक सदस्य सचिवका रुपमा रहेका छन् ।

 

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ४ : ४० बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने