बाढी पहिरो : म्याग्दीमा ३२ जना बेपत्ता, ३५ घर पुरिए | Khabarhub Khabarhub

बाढी पहिरो : म्याग्दीमा ३२ जना बेपत्ता, ३५ घर पुरिए


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण म्याग्दी ३२ जनाभन्दा बढी बेपत्ता भएका छन् । म्याग्दीका विभिन्न स्थानका ३५ घर पुरिएका छन् ।

जिल्ला विपत् व्यवस्थापन समितिले पहिरोमा पुरिएर धौलागिरि गाउँपालिका – ६ मराङका २१ वटा जना बेपत्ता भएका छन् । यस्तै वडा नम्बर ७ ताकममा ३ जना र मालिका गाउँपालिका ७ बिमका ८ जना बेपत्ता भएका छन् ।

मालिकाका वडा नम्बर ६ दुखुका एक जनालाई खोलाले बगाएर बेपत्ता भएको जनाइएको छ ।

धौगागिरि गाउँपालिकाका–७ ताकमका २ जना र रघुगंगा गाउँपालिकाका १ जनाको शव भेटिएको म्याग्दी प्रहरीले जनाएको छ ।

यस्तै मराङका २० घर, बिमका १० घर र ताकमका ५ घर पहिरोमा पुरिएको जनाइएको छ भने मालिका गाउँपालिका–४ देवीस्थानका ५ घरमा पनि पहिरोले क्षति पुर्‍याएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले म्याग्दी र राहुघाट खोलामा जोखिम बढेपछि बेनी मंगलाघाट–७ र रघुगंगा–३ गलेश्वरका २१ परिवारलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

समितिले घर पुरिएका पीडित र जोखिममा रहेका गरी कुल ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

पहिरोले बस्ती नै घेरेकाले उद्धार टोलीलाई घटनास्थल पुग्न समस्या भइरहेको छ । प्रहरी र सेनाको टोली उद्धार गर्न घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ४ : ११ बजे

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको