उपत्यकामा नयाँ चार शहर बनाउने यस्तो छ तयारी | Khabarhub Khabarhub

उपत्यकामा नयाँ चार शहर बनाउने यस्तो छ तयारी



काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न चार स्थानमा बन्ने शहरमध्ये तीन शहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृत भएको छ ।

काठमाडौं उपत्यका भौतिक विकास समितिबाट तीन डीपीआर स्वीकृत भएसँगै अहिले मन्त्रिपरिषद्मा पेस गरिएको उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

प्रस्तावित चार नयाँ शहरलाई स्मार्ट शहरका रुपमा व्याख्या गर्ने गरिएको छ । चार शहरलाई ‘इशान काठमाडौं’, ‘आग्नेय काठमाडौं’, ‘नैऋत्य काठमाडौं’ र उत्तर काठमाडौं नाम दिइएको छ ।

जसमध्ये इशान, आग्नेय र उत्तर दिशामा पर्ने तीन शहर निर्माणको डीपीआर तयार गरी मन्त्रिपरिषद्मा पेस गरिएको प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।

ललितपुरमा बन्ने भनिएको ‘नैऋत्य’ नयाँ शहर निर्माणमा भने अन्योलता देखिएको छ । ललितपुर महानगरपालिकाले चासो नदेखाएकाले अन्योलता देखिएको प्राधिकरणले जनाएको छ ।

‘नगरप्रमुखलाई पटक-पटक बोलाउँदा पनि बैठकमा उपस्थित हुनुभएन’ तिवारीले भने, ‘त्यसकारण ललितपुरमा बन्ने नैऋत्य शहरको डीपीआर सिफारिस भएको छैन ।’

यससँगै प्राधिकरणले अहिले उपत्यकामा बन्ने तीन शहरको मात्र डीपीआर मन्त्रालयमा पठाएको छ ।

मन्त्रिपरिषदबाट स्वीकृत भएसँगै जग्गा प्राप्तिको सुचना निस्कने र नयाँ शहरको निर्माण गर्न ठेक्कामा दिने प्रक्रिया पनि अघि बढेको छ ।

नयाँ शहर ६ वर्षभित्रमा बन्ने

आगामी आर्थिक वर्षबाट नयाँ शहर निर्माणको काम सुरु गरिने बताउँदै तिवारीले खबरहबसँग भने, ‘तीन वटै शहरको निर्माण एकैपटक शुरु गरिनेछ जसमा साना शहरका लागि ४ वर्ष र ठुलो शहर निर्माण गर्न ६ वर्षको समय लाग्ने अनुमान गरिएको छ । यही समयावधीमा सम्पन्न हुने गरी काम अघि बढ्छ ।’

‘डीपीआरअनुसार सबैभन्दा ठुलो शहर इशान हो । उक्त शहर निर्माण गर्न करिब ३ खर्बभन्दा बढी रकम लाग्ने र साना शहरलाई ४० अर्ब रकम प्रस्ताव गरिएको छ’ तिवारीले भने ।

त्यस्तै नयाँ शहर निर्माणका क्रममा ३० प्रतिशत जग्गा कटौती हुनेछ । जसको २० प्रतिशत जग्गा सडकका लागि प्रयोग हुनेछ भने बाँकी ५ प्रतिशत खुला मैदान र पार्कका लागि छुट्याइने छ ।

नयाँ शहर निर्माण हुने भएपछि त्यस क्षेत्रको जग्गा कित्ताकाटमा प्राधिकरणले मापदण्ड तयार पारेको छ । ‘न्युनतम ८ आनाको कित्ताकाट गरी खरिद बिक्री गर्न सकिन्छ’ तिवारीले खबरहबसँग भने, ‘सो भन्दा कमको कित्ताकाट गर्न नपाइने डीपीआरमै उल्लेख छ ।’

ल्यान्ड पुलिङको माध्यमबाट निर्माण गरिने भएकाले कोही पनि मानिस विस्थापित हुनु पर्ने छैन ।

कस्तो बन्ला नयाँ शहर ?

नयाँ शहरमा पुर्वाधार निर्माणलाई प्राथामिकतामा राखिनेछ । जसमा सडक तथा यातायात, खानेपानी, ढल निकास, बिजुलीका तार अन्डर ग्राउन्ड, फोहोरमैला व्यवस्थापन, टेलिफान, इन्टरनेट जस्ता भौतिक पुर्वाधार तथा विद्यालय, क्याम्पस, खुला क्षेत्र, बैंक तथा वित्तिय संस्था, सार्वजनिक पार्क, स्वास्थ्य चौकी पर्दछन् ।

साथै नयाँ शहरमा खेल मैदान र टाउन प्लानिङ पनि हुनेछ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न गरिएको लकडाउनले धेरै मानिसको रोजगारी गुमेको छ । आगामी आर्थिक वर्षबाट निर्माण हुने नयाँ शहरले मानिसहरुलाई रोजगारीको अवसर समेत प्राप्त गर्नेछन् ।

यी स्थानमा हुनेछन् चार शहर

इशान काठमाडौं

पहिलो काठमाडौं इशानको डीपीआर निर्माणको कार्य लागि हेलेनको आर्टिटेक जेभी र नेपाल जेजे एसोसिएट्सले जिम्मा पाएको थियो ।

‘इशान १ लाख रोपनी क्षेत्रफलमा फैलने छ’ तिवारीले भने, ‘विकास गर्न लागिएका चार शहरमध्ये यो सबैभन्दा ठूलो हुनेछ ।’

इशान काठमाडौंको पूर्व उत्तर दिशामा निर्माण हुन लागेको छ । जसमा पूर्वतर्फ भक्तपुरबाट नगरकोट शहरको तेलकोट भञ्जाङसम्म फैलन्छ । त्यसैगरी पश्चिममा जोरपाटी क्रिकेट मैदान मूलपानी गोठाटार हुँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटो पुग्नेछ भने उत्तरतर्फ साँखु जाने सडक र साँखुबजारसम्म पुग्नेछ ।

काठमाडौं आग्नेय

दोस्रो काठमाडौं आग्नेयको डीपीआरको जिम्मा एमआरसी नेस्टरएडीइले पाएको थियो ।

यो १० हजार क्षेत्रफलमा फैलने छ । यो काठमाडौंको पूर्वको अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि मन्दिर अगाडी हुँदै सूर्यविनायक बाहिर पार्दै फेदको बाटो पुग्नेछ ।

पश्चिममा खहरे खोला बालकोट विरुवा सडक, पानी ट्याङकी, बालकोट अमरनगर हुँदै अरनिको राजमार्ग सिमानासम्म फैलिनेछ । उत्तरमा अरनिको राजमार्ग सीमानासम्म पुग्नेछ भने दक्षिणमा भक्तपुर जिल्लाको सिनामंगल, रानीकोट जंगल छेउ, अनन्तलिगेश्वर फेदी, तर्खगाल, पात्लेटार, विरुवा हुँदै खहरेसम्म पुग्नेछ ।

नैऋत्य काठमाडौं

तेस्रो दक्षिण पश्चिमको डीपीआर निर्माणको कार्य टिइएसी फुल ब्राइट जिइयोकम जेभीले पाएको थियो ।

नैऋत्य शहर १० हजार रोपनी क्षेत्रफल ओगट्ने यो शहरले ललितपुरको विभिन्न भूभागलाई समेट्नेछ । यद्यपी यस शहर अहिले निर्माण हुने नहुने कुरामा भने अन्योलता देखिन्छ ।

नैऋत्य काठमाडौंको पूर्वी भाग साबिकको खोकना १ देखि ८ नम्बर वडासम्म पुगेर बुङमति वडा नम्बर १ भएर छम्पी जाने बाटोबाट वडा नम्बर २ देखि ६ सम्म पुग्नेछ ।

पश्चिममा बाग्मती नदी छेउमा यो शहर निर्माण हुनेछ उत्तर भने साबिकको सैंवु गाविसको सीमाना हुँदै फर्सिडोल पुग्नेछ भने दक्षिणतर्फ बाग्मती नदीसम्म पुग्नेछ ।

उत्तर दिशा काठमाडौं

चौथो परियोजनाका रुपमा काठमाडौं उत्तर सामाखुसी, टोखा रोड हुँदै बाइपास, काभ्रेस्थली, सपनातिर्थ, ग्रीनल्याण्ड चोकसम्म १० हजार रोपनी क्षेत्रफलमा फैलने छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १ : ३८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन