सरिता गिरीलाई कारबाहीको माग राख्दै निवास बाहिर नाराबाजी | Khabarhub Khabarhub

सरिता गिरीलाई कारबाहीको माग राख्दै निवास बाहिर नाराबाजी


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीको माग राख्दै विरोध प्रदर्शन भएको छ ।

नेपालको राष्ट्रियता, सीमा र सरकारले जारी गरेको नयाँ नक्सालाई लिएर विवादित र आपत्तिजनक अभिव्यक्ति दिएका कारण उनीमाथि कारबाहीको माग गरिएको हो ।

युवाहरुले कारबाहीको माग राख्दै उनको घरबाहिर बुधबार नाराबाजी समेत गरेका छन् । उनीहरुले कालो झण्डा प्रदर्शन गर्दै सांसद गिरीविरुद्ध नाराबाजी गरेका छन् ।

निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएपछि उनकै पार्टीले समेत कारबाहीको चेतावनी दिएको छ । संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने जनाएको छ ।

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अडगरियाले संशोधन प्रस्ताव फिर्ता नलिए सांसद गिरीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

उनले भने, ‘हामीले दललाई नसोधिकन दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छौं, फिर्ता नभए पार्टीका तर्फबाट कारबाही गर्छौं ।’

सांसद गिरीले राष्ट्रियताजस्तो संवेदनशील विषयमा संसद, सामाजिक सञ्जाल लगायतबाट लगातार आपत्तिजनक अभिव्यक्ति दिँदै आएकी छन् ।

यसैगरी विपक्षी कांग्रेसको भातृ संस्था तरुण दलले पनि सांसद गिरीलाई तत्काल पदमुक्त गर्न माग गरेको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै तरुण दलले सांसद गिरीले मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्ध अभिव्यक्ति दिएको भन्दै तत्काल कारबाहीको माग गरेको हो ।

सांसद सरिता गिरीले आफनो पदीय मर्यादाविपरीत नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होइनन् भनेर दिएको अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानआकर्षण भएको तरुण दलले जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ९ : ०९ बजे

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी