कोरोना महामारीमा एनसीएचएलको सहयोग | Khabarhub Khabarhub

कोरोना महामारीमा एनसीएचएलको सहयोग


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले कोरोनाको महामारीमा सहयोग गरेको छ । एनसीएचएलले नेपाल सरकार, बैंकिङ्ग क्षेत्र र सर्वसाधारणलाई २ करोड ९१ लाख २० हजार भन्दा बढि सहयोग गरेको छ ।

एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्कमिनाहा गरेर, आफ्नो प्ल्याटफर्म मार्फत क्राउडफन्डिङ्ग गरी र कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान गरी सहयोग पुर्‍याएको छ ।

कोभिड-१९ को वर्तमान अवस्थामा डिजिटल भुक्तानीलाई प्रस्रयदिने उद्देश्यका साथ एनसीएचएलले NCHL-ECC, NCHL-IPS, connect IPS, NPI र connect RTGS सेवाहरु प्रवाह गर्दै आएको मालकडाउन शुरु भएदेखि नै यी सम्पूर्ण भुक्तानीे सेवाहरुमा लाग्ने कारोबार शुल्कहरु मिनाहा गर्दै आईरहेको छ।

यसरी कारोबार शुल्कमिनाहाबाट एनसीएचएलले २ करोड ३४ लाख ०९ हजार २४३ रुपैँयाभन्दा बढिको प्रत्यक्ष योगदान गरेको छ ।

connectIPS प्रणालीमा DonateFor Cause का रुपमा समावेश गरी सोबाटहालसम्म “नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण र उपचार कोष”का लागि  ४० लाख १९ हजार ४४८ रुपैँया संकलन गर्न सहयोग गरेको छ । यसका साथै एनसीएचएलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारको कारोना उपचार कोषमा १७ लाख सहयोग गरेको छ, जसमध्ये १० लाख केन्द्रिय सरकारको कोरोना उपचार कोषमा र सातै प्रदेशको कोषमा १-१लाख सहयोग प्रदान गरेको छ ।

सर्वसाधारण र व्यवसायहरु वर्तमान महमारीको स्थितिबाट निकै प्रभावित छन् र यस्तो अवस्थामा कारोबार शुल्क मात्र आमदानीको मुख्य श्रोत भएता पनि एनसीएचएलले लकडाउन भएदेखि नै डिजिटल भुक्तानीका लागि अनुकूल वातावरण प्रदानगर्दै बैंकिङ्ख क्षेत्र र सर्वसाधारणलाई थप सहयोग गर्न यसरी कारोबार शुल्क मिनाहा गर्र्ने निर्णय लिएको हो र एनसीएचएल महामारी विरुद्धको लडाईमा सम्भव भएजति सबै तरिकाले थप सहयोग पुर्याउन प्रतिबद्ध रहेको छ ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरुलागू र संचालनगर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था र स्मार्ट च्वाइर्स टेक्नोलोजी लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  १२ : १० बजे

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा