ब्राइटनका थप एक खेलाडीमा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

ब्राइटनका थप एक खेलाडीमा कोरोना संक्रमण पुष्टि


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –इंग्लिस प्रिमियर लिग क्लब ब्राइटनका अर्का एक खेलाडीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

परीक्षण गरिएका मध्ये तीन जनामा कोरोना संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । कोरोना महामारीको शूरुवाती चरणमा ब्राइटनका दुई जना खेलाडीमा संक्रमण देखिएको थियो ।

कोरोना संक्रमित खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन । कोरोना संक्रमण देखिएपछि अहिले ती खेलाडीहरु सेल्फ आइसोलेसनमा राखिएका छन् ।

ब्राइटनका खेलाडीहरु मैदानमा एक्लै एक्लै अभ्यास गरिरहेका छन् भने खेलाडीमा कोरोना संक्रमण देखिएपनि अभ्यास बन्द नहुने क्लबले बताएको छ ।

मार्चमा आधा खेल्दै रोकिएको प्रिमियर लिग सुचारुका लागि क्लबहरुबीच भोलि (सोमबार) छलपल हुने तय भएको छ ।

ब्राइटनका कार्यकारी निर्देशक पाउल बाबेरले अहिले खेलाडीमा संक्रमण देखिएपछि ध्यान दिनु पर्ने अवस्था आएको बताएका छन् । उनले खेलाडीहरु अभ्यासमा जुटेपनि कुनै परक नपरेको समेत बताएका छन् ।

प्रिमियर लिग मार्च १३ देखि रोकिएको थियो भने लिगमा अझै ९ चरणको खेल हुन बाँकी छ ।

सोमबारको बैठकपछि लिगमा कहिले देखि कसरी शूरु गर्ने भन्ने छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ६ : ५९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन