काठमाडौंमा कोरोना भाइरस संक्रमणको जोखिम कम भएको हो ? | Khabarhub Khabarhub

काठमाडौंमा कोरोना भाइरस संक्रमणको जोखिम कम भएको हो ?


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको आज ४८ दिन पुगेको छ ।

लकडाउन सुरु गर्दा चैत ११ गतेसम्ममा नेपालमा दुई जना मात्र कोरोना संक्रमति थिए । लकडाउनको समय लम्बिदै जाँदा कोरोना संक्रमितको दर कम हुनुको सट्टा बढ्दै गएको देखिन्छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकका अनुसार देशभर कोरोना संक्रमितको संख्या १ सय १० जना पुगेको छ ।

देश लकडाउनमा रहेपनि प्रदेश १,२, र ५ संक्रमितको संख्या घट्नुको सट्टा बढ्दै गएको छ । कोरोना संक्रमति मध्ये सबैभन्दा बढी प्रदेश १ मा रहेका छन् ।

प्रदेश १ मा मात्र ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रदेश २ मा ३१ र प्रदेश ५ मा ३० जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै हालसम्म ३१ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले जेठ पाँच गतेसम्म लकडाउन जारी रहने निर्णय गरेको छ । तर सरकारी कार्यालय, बैंक तथा वित्तिय क्षेत्र र अन्य केही अत्यावश्यक सेवा सञ्चालन गर्न सकिने निर्णय गरेको छ । तर त्यसका लागि सामाजिक दूरी भने कायम राख्नुपर्ने जनाइएको छ ।

आइतबार(आज) देखि सरकारी कार्यालय, वैंक तथा वित्तिय क्षेत्र लगायत खुल्ने भएसँगै उपत्यकामा सवारी सञ्चालनका लागि टाइमकार्डको व्यवस्था गरिएको छ ।

जसमा कार्यालय जानेहरुका लागि साढे १० बजेसम्मको समय निर्धारण गरिएको थियो ।

टाइम कार्ड लागू भएसँगै आज राजधानीका केही स्थानमा कार्यालय समयमा सवारी जाम भएका तस्वीरहरु विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा पनि भाइरल भएका छन् ।

काठमाडौंका भित्री सडकहरुमा मानिसहरुको चलहलपहल पनि बढ्न थालेको छ ।

लकडाउन खुकुलो भएको घोषणा नभएपनि मुख्य सडक क्षेत्र बाहेकमा पसलहरु सञ्चालन भएका छन् ।

के अब नेपालमा विशेषगरि काठमाडौंमा कोरोना भाइरस संक्रमणको जोखिम कम भएको हो त ?

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले काठमाडौंमा नयाँ संक्रमित नदेखिएका कारण लकडाउन केही खुकुलो भएको जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार पछिल्लो समय काठमाडौंमा नयाँ संक्रमति देखिएका छैनन् ।

काठमाडौं उपत्यकाममा पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनीहरु निको भएका छन् । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा एक जनामा भने पुन कोरोना संक्रमण देखिएको थियो ।

कोरोना आशंका गरिएकाहरुमा कोरोना परीक्षणको काम पनि भइरहेको उनले बताए । नयाँ संक्रमति नदेखिएकाले काठमाडौंमा लकडाउन खुकुलो बनाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा अधिकारीको तर्क छ ।

‘हामीले संक्रमतिको अवस्था हेरेर जोखिमयुक्त क्षेत्र पहिचान गरीसकेका छौं, काठमाडौंमा कोरोना परीक्षण भइरहेको छ, तर लामो सयमदेखि नयाँ संक्रमित देखिएका छैनन,’ सहप्रवक्ता डा अधिकारीले खबरहबसँग भने, ‘सधै पूर्ण रुपमा लकडाउन गर्दा पनि जनजीवन प्रभावित भएकाले कलडाउन खुकुलो बनाइएको हो ।’

काठमाडौंमा नयाँ संक्रमित नदेखिएपनि संक्रमणको खतरा भने कायमै रहेको सहप्रवक्ता डा अधिकारीले बताए ।

‘नयाँ संक्रमित नदेखिएपनि काठमाडौंमा जोखिम छदैं छैन भन्न सकिँदैन, उदयपुर, नेपालगञ्ज लगायतका क्षेत्रमा संक्रमित बढिरहेका छन्, त्यहाँबाट मानिसहरु आए भने काठमाडौंमा पनि संक्रमित बढ्न सक्छन्,’ सहप्रवक्ता डा अधिकारीले भने, ‘लकडाउन खुकुलो भएपनि सावधानी अपनाउने, दूरी कायम राख्ने, एकअर्कामा हात नमिलाउने लगायतका कुरामा सचेत भने हुनुपर्छ ।’

डा अधिकारीले काठमाडौंमा केही समय यता नयाँ संक्रमति नदेखिएको बताइरहँदा जनस्वास्थ्य विज्ञहरु भने काठमाडौंमा कोरोना संक्रमणको परीक्षण नै कम भएको बताउँछन् ।

जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डेले काठमाडौंमा कोरोना संक्रमणको जोखिमबारे अनुसन्धान र परीक्षण नै नगरी लकडाउन खुकुलो बनाइएको बताए ।

‘काठमाडौंमा कोरोना संक्रमण छैन भन्ने आधार के छ ? सरकारले काठमाडौंमा कम्तिमा पनि २०, ३० हजारको नमूना परीक्षण गरेर संक्रमण कम छ भनेर आधार तय गर्नुपर्ने हुन्थ्यो,’ डा पाण्डेले खबरहबसँग भने, ‘तर विना आधार लकडाउन खुकुलो बनाइयो, यसले संक्रमणको खतरा अझै बढेको छ ।’

घरभित्रै सुरक्षित रहेका सांसदहरुको कोरोना परीक्षणको नतिजा नेगेटिभ आउँदैमा काठमाडौंमा कोरोनाको जोखिम कम नहुने डा पाण्डेको भनाइ छ ।

‘घरभित्रै बसेका तथा सचेत भएर बाहिर हिँड्ने सांसदहरुको कोरोना परीक्षण गर्दा नेगेटिभ आउँदैमा काठमाडौंमा कोरोनाको जोखिम कम भएको छ भन्न मिल्दैन,’ डा पाण्डेले भने, ‘लकडाउन भएको त डेढ महिना भयो,अब लकडाउन खुकुलो बनाउन किन खुकुलो बनाउने भनेर दिने आधारहरु हुनुपर्छ । खै त लकडाउन खुकुलो बनाउने आधारहरु के छन् ?’

नेपालमा संक्रमण पुष्टि भएका अधिकांश कोरोना संक्रमितहरुमा कोरोनाको लक्षण देखिएको छैन । यसले गर्दा परीक्षणको दायरा नबढाई विना आधार लकडाउन खुकुलो बनाउँदा कोरोना संक्रमण झनै फैलने खतरा रहेको डा पाण्डे बताउँछन् ।

‘नेपालमा देखिएका कोरोना संक्रमितमा कुनै लक्षण छैन, यस्तो अवस्थामा धेरै भन्दा धेरै व्यक्तिमा परीक्षण नै नगरी विना आधार लकडाउन खुकुलो बनाउँदा कोरोना संक्रमण भुसको आगो जस्तै भित्र भित्रै फैलन सक्छ,’ पाण्डेले भने, त्यसैले सरकारले लकडाउन खुलाउँदा वा खुकुलो बनाउँदा पहिला जोखिमबारे सोच्नुपर्छ, सावधानी अपनाउनुपर्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बास्तोला पनि लकडाउन खुकुलो भएपनि मानिसहरु कोरोनाबारे सचेत भइरहनुपर्ने बताउँछन् ।

‘सरकारले लकडाउन खुकुलो बनाएर कार्यक्षेत्रमा जानेहरुका लागि सहज बनाएको हो, त्यसैले कार्यक्षेत्रमा जानेहरुले कोरोनाबाट बच्ने उपायबारे सधै सचेत भइरहनुपर्छ,’ डा बास्तोलाले भने, ‘सरकारले विदा दिएर कार्यालय खुल्ला गरेको होइन, त्यसैले संक्रमणबारे साबधान भएर काममा खटिएमा मात्र कोरोनाको जोखिमबाट बच्न सकिन्छ ।’

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ६ : १९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका