आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश | Khabarhub Khabarhub

आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु भएको छ । संसदको कार्यतालिकाअनुसार आइतबारबाट आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु भएको हो ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आज (आईतबार) संघीय संसदका दुवै सदनमा आर्थिक बर्ष २०७७/ २०७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका हुन् । बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै मन्त्री खतिवडाले स्वास्थ्यका पुर्वाधार विकासमा बजेटलाई केन्द्रीत गरिने बताए ।

मन्त्री खतिवडाले भने, ‘कोरोना रोगको संक्रमणको जोखिम न्यूनीकरणका लागि चालिएका कदमहरुबाट अर्थतन्त्रमा देखापरेको शिथिलताको अन्त्य गर्दै आर्थिक गतिविधिलाई नयाँ विश्वास, जागरण , क्रियाशिलता र द्रुत गतिका साथ अघि बढाउने र स्थायीत्व सहितको उच्च आर्थिक वृद्धि दरको चरणमा शिघ्र प्रवेश गर्ने गरी अर्थतन्त्रलाई थप गतिशिल बनाउने तर्फ बजेट केन्द्रित हुने छ ।’

आगामी आर्थिक वर्षको बजेटमार्फत् रोजगारी श्रृजना गर्नका लागि कृषि तथा साना, घरेलु र सेवा क्षेत्रका कार्यक्रमलाई विशेष प्राथमिकता दिने मन्त्री खतिवडाले बताए । उनले भने, ‘सामाजिक न्याय सहितको तिब्र आर्थिक विकास तथा सबै प्रकारका असमानताको अन्त्य गर्दै समाजवाद उन्मुख ,आत्मनिर्भर, उन्नतशिल, स्वतन्त्र र सम्मृद्ध अर्थतन्त्र निर्माण गर्ने तर्फ आगामी बर्षको बजेट निर्देशित हुनेछ ।’

संविधानले दिएको नागरिकका मौलिक हक कार्यान्वयन गर्न बजेट केन्द्रीत हुने भन्दै मन्त्री खतिवडाले भने,‘अहिले हासिल भएका उपलब्धिलाई संस्थागत गर्दे कोरोनाको महामारीबाट नागरिकको जीवनरक्षा गर्न गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गरी लोककल्याणकारी राज्यको दायित्व निर्वाह गर्ने दृष्टिकोणबाट आगामी आर्थिक बर्षको बजेट तर्जुमा गरिनेछ । भविष्यमा आउन सक्ने विपद्को पुर्व तयारी र व्यवस्थापन गर्ने कार्यतर्फ आगामी बर्षको बजेटले पर्याप्त ध्यान दिने छ ।’

नेकपाको चुनावी घोषणा पत्रसँगै १५ औ योजनाले लिएका विकासका आवधिक एवं दिर्घकालिन लक्ष्यहरु, मध्यम आय भएको मुलुकमा स्तरोन्तति हुने प्रतिवद्धता र दिगो विकास लक्ष्य हासिल गर्ने राष्ट्रिय रणनीति संगै विश्वव्यापी कोरोना महामारी संगै श्रृजना भएका नया चुनौतिहरुको सामना गर्ने तर्फ विशेष ध्यान दिने मन्त्री खतिवडाले संसदलाई जानकारी गराएका छन् ।

कोरोना प्रभावित क्षेत्रको पुनरुत्थान, आन्तरिक पर्यटन प्रर्वद्धन, हवाई पुर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नेबाहेक अत्यावश्यक बाहेकका आयोजनामा बजेट खर्च नगर्ने रणनीति आगामी आर्थिक वर्षको बजेटले लिने मन्त्री खतिवडाले बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ४ : ३३ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर