भाइरल भयो आलियाको पुरानो तस्वीर | Khabarhub Khabarhub

भाइरल भयो आलियाको पुरानो तस्वीर


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री आलिया भट्टले निकै छोटो समयमा आफ्नो पहिचान बनाएकी छिन् । दमदार अभिनयका कारण उनले दर्शकको ध्यान तानेकी छिन् ।

पछिल्ला दिनमा आलिया ऋषि कपूरको निधनपछि लगातार रणवीर कपूरको परिवारसँग देखिएकी छिन् । केही समययता रणवीर र आलिया डेटिङ गरिरहेका छन् ।

सामाजिक सञ्जालमा आलियाका एक पुरानो तस्वीर भाइरल भएको छ । उक्त तस्वीरमा उनी आफ्नी आमा सोनी राजदानसँग देखिन्छिन् । आलिया अहिलेको भन्दा मोटी पनि देखिन्छिन् ।

यो तस्वीर भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताबीच चर्चामा छ । कतिपयले उनले पछिल्लो समय आफूलाई फिट राखेको भन्दै तारिफ गरेका छन् भने कतिपयले पुरानो तस्वीरलाई मजाक बनाएका छन् ।

यतिबेला आलिया आफ्नी बहिनी शाहीन भट्टसँग घरमा समय बिताइरहेकी छिन् । उनी घरमा सेल्फ क्वारेन्टाइनमा छिन् ।

आलियाले अभिनय गरेका फिल्म ‘ब्रह्मास्त्र’, ‘सडक २’, ‘आरआरआर’, ‘गुंगूबाई काठियाबाडी’ र ‘तख्त’ रिलिजका क्रममा छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : १३ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्