बढी मूल्य लिएको आरोपमा आइकालुलाई २ लाख जरिवाना | Khabarhub Khabarhub

बढी मूल्य लिएको आरोपमा आइकालुलाई २ लाख जरिवाना


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बढी मूल्य लिएको आरोपमा आइकालु मिटसप कारबाहीमा परेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण विभागले आइकालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना गरेको हो ।

खसीको मासुको प्रतिकिलो ५ सय रुपैयाँ बढी लिएको फेला परेपछि मिट सेन्टरलाई जरिवाना तोकिएको हो । खसी मासुको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ लिनुपर्नेमा १८ सयमा बिक्री गरेको पाएपछि उपभोक्तालाई ठगी गरेको आरोपमा २ लाख जरिवाना गरिएको विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले जानकारी दिए ।

आइकालुलाई उपभोक्ता सरक्षण ऐन २०७५को १६ (२) (क) ३८ (ङ)को कसुरमा ३९ (ख) बमोजिम जरिवाना गरेको उनले बताए । विभागका अनुसार आइकालुले बढी मूल्य लिएको सन्दर्भमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा जरिवाना गरेको हो ।

उजुरीमा आधा किलोको ९ सय रुपैयाँ लिएको उल्लेख छ । सोही आधारमा अनुगमन गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ९ : २५ बजे

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६