मन्त्री भट्टद्वारा स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान | Khabarhub Khabarhub

मन्त्री भट्टद्वारा स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने अति आवश्यक औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

कैलाली क्षेत्र नं ४ बाट निर्वाचित मन्त्री भट्टले आफ्नो निर्वाचन क्षेत्रमा रहेका तीन वटा स्थानीय तहमा सो सामग्री आज उपलब्ध गराएका हुन । उनका स्वकीय सचिव हितेश ओझामार्फत सो सामग्री वितरण गरेको गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउँदले जानकारी दिए ।

स्वकीय सचिव ओझाले गौरीगङ्गा र गोदावरी नगरपालिका जनप्रतिनिधिलाई सो सामग्री प्रदान गरे । कोरोना भाइरसको सम्भावित जोखिमबाट स्थानीय जनतालाई जोगाउन नगरपालिकामार्फत सो सामग्री वितरण गरिएको जनाइएको छ ।

कैलालीको चुरे गाउँपालिकामा शनिबार वितरण गरिने जनाइएको छ । स्थानीय तहलाई पीपीई, मास्क, सेनिटाइजर, साबुनलगायतका अतिआवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ६ : ४४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका