लकडाउनको समयमा यसरी हुँदैछ ठूला आयोजनाको काम | Khabarhub Khabarhub

लकडाउनको समयमा यसरी हुँदैछ ठूला आयोजनाको काम


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ । सरकारले माथिल्लो तामाकोशीलगायत आयोजनालाई लकडाउनको समयमा समेत काम गर्न सक्ने गरी विशेष व्यवस्था गरेको छ ।

आयोजना स्थलमा एक एम्बुलेन्स अनिवार्य रुपमा राख्नैपर्ने, निर्माण स्थलमा खटिएका कामदारलाई आइसोलेशनमा बसे जस्तै गरी स्थानीयवासीसँगको सम्पर्क गर्न नदिने तथा व्यक्तिगत सुरक्षाको प्रबन्ध गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै आयोजना स्थलमा एक मेडिकल टिम अनिवार्य रुपमा राख्ने व्यवस्था गरिएको छ ।

कुनै स्वास्थ्य समस्या देखिने बित्तिकै उपचारको प्रबन्ध गर्न व्यवस्था गरिएको छ । कोभिड–१९ समन्वय समितिको बैठकले ठूला आयोजना तथा दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने निर्णय यसअघि नै गरेको छ । सोही आधारमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको काम शुरु गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनका अनुसार निर्माण सामग्री आयातमा समेत सहजीकरण गरिएको छ । निर्माण सामग्री लिन जाने सवारी साधनलाई विशेष पास उपलब्ध गराइनेछ । त्यस्ता पास लिएका सवारी साधनले तोकिएको स्थानमा पुगेर निर्माण सामग्री ल्याउने र अन्य कुनै पनि नागरिकलाई चढाउने वा यात्रा गर्न नपाउने व्यवस्था गरिएको छ । निर्माण सामग्रीको आयातमा देखिएको समस्या समाधान गर्न निर्माण सामग्री लिन जानेले पास लिने, सामग्री लिएर फर्कने व्यवस्था गरिएको छ । निर्माण सामग्री लिन जाँदा मान्छे चढाएर लैजाने र आउँदा पनि मान्छे चढाउने जस्तो विकृति देखिएपछि सिमितलाई पास दिएर आयात गर्न दिने व्यवस्था गरिएको छ ।

निर्माण सामग्रीलगायत आयातमा केही जटिलता देखिएको गुनासो आएपछि त्यसलाई व्यवहारिकरुपमा हल गर्नेतर्फ मन्त्रालयले विशेष प्रबन्ध गरेको मन्त्री पुनको भनाइ छ । मन्त्रालयले नै पहल गरेर उच्चस्तरीय समितिमा छलफल भएर यस्तो खालको निर्णय भएको उनको भनाइ छ । ‘ठूला आयोजनाहरुमा काम गर्ने भन्ने छ । विद्युत्का आयोजना मात्रै नभई, अन्य खालका उद्योग सञ्चालन गर्ने भन्ने निर्णय भएअनुसार नै प्रक्रिया अगाडि बढाइएको हो,’ मन्त्री पुनले भने ।

विशेष गरी कोरोनाको सङ्क्रमण फैलन नदिन श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्ने विषय प्रमुख प्राथमिकतामा छ । अन्य नागरिकसँग घुलमिल नहुने वातावरण बनाउने, हरेक आयोजनामा एक एम्बुलेन्स र मेडिकल यूनिट रहनै पर्ने व्यवस्था गरिएको मन्त्री पुनले जानकारी दिए ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी लगायतका आयोजना सञ्चालन भइरहेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव ४ प्रतिशत पुगेको छ । हाल आयोजनाको सबैभन्दा जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडानको काम भइरहेको छ । आयोजनामा केही दिन पहिले मात्रै बाँधस्थल तथा बालुवा थिग्र्याउने पोखरीको परिक्षण गरिएको थियो ।

सरकारको विशेष व्यवस्था पछि राष्ट्रिय गौरवकै आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको कामसमेत अगाडि बढेको छ । निर्माण व्यवसायी सिनो हाइड्रोले लकडाउनको समयमा समेत काम गरिरहेको छ ।

निर्माणमा रहेका केही आयोजनाको निर्माण सामग्री पनि रहेको र मजदुर पनि रहेकाले समस्या परेको भने अवस्था छैन । निर्माण सामग्री आयातमा जाँदा सङ्क्रमण हुन सक्ने खतरा पनि रहेकाले त्यसलाई पनि विचार गरेर नै आवश्यक व्यवस्था गरिएको छ । निर्माण सम्पन्न हुनै लागेका जलविद्युत् आयोजनाको कामलाई निरन्तरता दिन अत्यावश्यक निर्माण सामग्री ढुवानीको लागि गृह मन्त्रालयले आवश्यक समन्वय गरेको छ ।

गृह मन्त्रालयले जलविद्युत् आयोजनाले पनि सरकारले तोकेको सुरक्षा मापदण्ड भित्र रहेर काम गर्नुपर्ने सर्त अगाडि सारेको छ । ढुवानीको पास लिन आयोजनाले सामान कहाँबाट ल्याउने र कहाँ लैजाने भन्ने मार्ग उल्लेख गरेर ऊर्जा मन्त्रालयमा निश्चित विवरणसहित निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसमा ढुवानी गर्ने साधनको प्रकार, सवारी साधनको नम्बर, सवार हुने व्यक्तिको नाम र अत्यावश्यक सामानको परिमाण उल्लेख गर्नुपर्ने हुन्छ ।

यस्तै चालक तथा सहचालकले पञ्जा, मास्क र सेनिटाइजर लगायतका सुरक्षा सामग्री प्रयोग गर्नुपर्नेछ । सोही आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक पत्राचार गरिनेछ । मन्त्री पुनले गृह मन्त्रालयसँग पनि समन्वय गरेर सरकारी तथा निजी क्षेत्रका आयोजनालाई समेत काम गर्न मार्ग प्रशस्त गरिएको बताए ।


रमेश लम्साल/रासस

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ४ : ३९ बजे

कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको