लकडाउनको मौका छोपेर तस्करी बढ्यो | Khabarhub Khabarhub

लकडाउनको मौका छोपेर तस्करी बढ्यो


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– सरकारले गरेको लकडाउनको मौका छोपेर दाङमा काठ तस्करी गर्ने क्रम बढ्दै गएको छ ।

जिल्लाको बजारदेखि टाढा रहेका वन क्षेत्रबाट तस्करहरुले काठ चोरी तस्करी गर्ने गरेका छन् । कोरोना भाइरस सङ्क्रमणका डरले कर्मचारी छुट्टीमा बसेको मौका छोपेर वनमा तस्कर समूह सक्रिय हुन थालेको पाइएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

‘जिम्मेवार तहका व्यक्तिहरु नै रुख फडानीमा संलग्न रहेको पाइएको छ,’ डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले भने, ‘लकडाउनको मौका छोपेर यसपटक अधिकांश नयाँ ठाउँमा तस्करहरुले काठ कटान गरेका छन् ।’

उनले लकडाउन शुरु भएदेखि हालसम्म विभिन्न ६ वटा वन पैदावार चोरी तथा तस्करीका घटनामा १० जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेकाहरुबाट सयौ क्युफिट काठ, तीन ट्याक्टर तथा रुख काटन प्रयोग गरिने औजार बरामद भएको छ । बरामद गरिएको काठलाई मुचुल्का तयार गरी सुरक्षित साथ राखिएको प्रमुख ज्ञवालीले बताए ।

चोरीमा संलग्नको विस्तृत विवरण केही दिनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ । लकडाउनका अवधिमा बढेको काठ तस्करी तथा चोरी निकासी नियन्त्रण र वन्यजन्तु सिकारका घटनाहरु बढन नदिन विभिन्न समूह बनाएर वन गस्ती शुरु गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ३ : ४६ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले