मोदीलाई प्रधानमन्त्री ओलीको फोन– लकडाउनका कारण रोकिएका नागरिकको राम्रोसँग हेरचाह गरौं | Khabarhub Khabarhub

मोदीलाई प्रधानमन्त्री ओलीको फोन– लकडाउनका कारण रोकिएका नागरिकको राम्रोसँग हेरचाह गरौं


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार टेलिफोन संवाद गरी भारतीय समकक्षी मोदीलाई कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुवै नेताबीच आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज एवं सुचारु राख्न पनि पनि छलफल भएकाे छ ।

प्रधानमन्त्री ओलीले भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगका लागि मोदीलाई धन्यवाद समेत दिए ।

भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री ओलीसँग टेलिफोन कुराकानी भएको उल्लेख गरेका छन् । आफूहरुबीच कोरोना भाइरसका कारण उत्पन्न विद्यमान परिस्थितितबारे छलफल भएको मोदीले उल्लेख गरेका छन् ।

आफ्नो ट्वीटर ह्यान्डलबाट एक सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले शुक्रबार प्रधानमन्त्री ओलीसँग कुराकानी गरी कोरोना भाइरसका कारण उत्पन्न विद्यमान परिस्थितिको बारेमा छलफल गरेको बताएका हुन् ।

मोदीले आफ्नो ट्वीटमा लेखेका छन्– ‘आज प्रधानमन्त्री केपी ओलीसँग बोले । हामीले कोभिड १९ का कारण उत्पन्न वर्तमान परिस्थितिको विषयमा छलफल गर्‍यौं । अहिलको चुनौतीसँग जुझ्न नेपाली जनताले देखाएको कटिवद्धताको म कदर गर्छु । कोभिड १९ विरुद्धको साझा लडाइँमा हामी नेपालसँगै छौं ।’

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १ : ५२ बजे

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु