सार्क राष्ट्रमा कोरोनाभाइरसले ३३५ जनाको मृत्यु | Khabarhub Khabarhub

सार्क राष्ट्रमा कोरोनाभाइरसले ३३५ जनाको मृत्यु

एसियामै सबैभन्दा धेरै ज्यान गुमाउनेको सूचीमा भारत पाँचौं नम्बरमा


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा शुक्रबार विहान समाचार तयार पार्दासम्म ३३५ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण भारतमा २२७, पाकिस्तानमा ६५, बंगलादेशमा २१, अफगानिस्तामा १५ र श्रीलंकामा ७ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा ज्यान गुमाउनेको संख्या ३३५ पुगेको हो ।

माल्दिभ्स र नेपालमा संक्रमणका घटना बढिरहेको भए पनि भुटानको अवस्था नियन्त्रण उन्मुख देखिएको छ । यी देशहरुमा हालसम्म कोरोना भाइरसका कारण कसैको ज्यान गएको छैन ।

सार्क राष्ट्रहरुले कोरोनाको रोकथामका लागि उच्च सुरक्षा सतर्कता अपनाइरहेका छन् । सार्क राष्ट्रमा संक्रमित र ज्यान गुमाउनेको संख्या भारतमा सबैभन्दा उच्च देखिएको छ ।

कोरोनाका कारण एसियामै सबैभन्दा धेरै ज्यान गुमाउनेको सूचीको पाँचौं स्थानमा भारत रहेको छ ।

एसियाली मुलुकमध्ये सबैभन्दा बढी इरानमा कोरोनाका कारण ४ हजार १ सय १० जनाले ज्यान गुमाएका छन् । दोस्रोमा चीनमा ३ हजार ३ सय ३५ को मृत्यु भएको छ । तेस्रोमा रहेको टर्कीमा ९०८ जना,  चौथोमा इन्डोनेसियामा २८० जना र पाँचौमा रहेकाे भारतमा २२७ जनाको मृत्यू भएको छ ।

कोरोनाको कहर कस्तो छ सार्क राष्ट्रमा ?

भारत

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो रुपमा देखिएको छ ।

भारतमा शुक्रबार विहानसम्म २२७ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा ४९ जनाको मृत्यु भएसँगै २२७ पुगेको हो ।

भारतमा एकैदिन ८०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ७२५ पुगेको छ । भारतमा संक्रमितमध्ये ६२५ जना उपचारपछि निको भएका छन् । ५ हजार ८६३ जना उपचाररत छन् ।

पाकिस्तान

भारतपछि सार्क राष्ट्रमा कोरोना भाइरसको संक्रमण पाकिस्तानमा बढी देखिएको छ ।

कोरोना भाइरसका कारण पाकिस्तानमा हालसम्म ६५ जनाको मृत्यु भएको छ भने ४ हजार ४८९ जना संक्रमित भएका छन् ।

कोरोनाका कारण एकै दिन पाकिस्तानमा थप ४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ६५ पुगेको हो । पाकिस्तानमा विहीबार २२६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ हजार ४८९ पुगेको हो ।

पाकिस्तानमा संक्रमितमध्ये ५७२ जना उपचारपछि निको भएका छन् । ३ हजार ८५२ जना उपचाररत छन् । उनीहरुमध्ये ३१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बंगलादेश

यसैगरी कोरोना भाइरसको संक्रमण बंगलादेशमा पनि बढ्दो रुपमा देखिएको छ ।

बंगलादेशमा विहीबार थप १ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । त्यसैगरी विहीबार थप ११२ जनामा संक्रमण देखिएसँगै बंगलादेशमा हालसम्म संक्रमितको संख्या ३३० पुगेको छ ।

बंगलादेशमा संक्रमित ३३० जना मध्ये ३३ जना उपचारपछि निको भइसकेको छन् । २७६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यी मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अफगानिस्तान

सार्क राष्ट्रहरुमध्ये अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो रुपमा देखिएको छ । अफगानिस्तामा हालसम्म १५ जनाको मृत्य भएको छ ।

अफगानिस्तामा विहीबार थप १ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । विहीबार थप ४० जना नयाँ संक्रमित फेला परेसंगै संक्रमितको संख्या ४८४ पुगेको छ ।

अफगानिस्तानमा संक्रमितमध्ये ३२ जना उपचारपछि निको भएका छन् । ४३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

श्रीलंका

सार्क राष्ट्रकै अर्को मुलुका श्रीलंकामा पनि कोरोना भाइरसको संक्रमण केही बढ्दो मात्रामा देखिएको छ ।

कोरोनाका कारण श्रीलंकाका विहीबार थप एक नयाँ संक्रमित भएटिए पनि पछिल्लो २४ घण्टामा कसैको ज्यान गएको छैन । हालसम्म श्रीलंकामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

श्रीलंकामा विहीबार थप १ जनामा कोरोनाको संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या १९० पुगेको हो । जसमध्ये ४९ जना उपचारपछि निको भएका छन् भने १३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररत संक्रमितमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

नेपाल

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ । गत विहीबार चैत २० गते थप तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ९ पुगेको थियो । त्यस यता नेपालमा नयाँ संक्रमित फेला परेका छैनन् ।

नेपालमा कोरोना संक्रमित ९ जनामध्ये एक जनाको उपचारपछि निको भइसकेको छ भने अन्य ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण देखिका एक जना बाहेक अरु सबै विदेशबाट आएकाहरुमा देखिएको हो ।

नेपालले कोरोना संक्रमणको सम्भावित जोखिम रोक्नका लागि उच्च सुरक्षा सतर्कता अपनाएको छ । सरकाले लकडाउन लागू गरेको शनिबार १८ औं दिन पुगिसकेको छ ।

माल्दिभ्स

सार्क राष्ट्रहरुमध्यकै अर्को मुलुक माल्दिभ्समा विहीबार संक्रमित र मृत्यु भएका नयाँ घटना देखिएका छैनन् । हालसम्म त्यहाँ १९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

जसमध्ये १३ जना संक्रमित उपचारपछि निको भइसेका छन् भने ६ जनाको विभिन्न उपचार भइरहेको जनाइएको छ ।

भुटान

सार्क राष्ट्रहरुमध्ये कोरोना भाइरसको सबैभन्दा कम संक्रमण भुटानमा देखिएको छ ।

भुटानमा हालसम्म संक्रमितको संख्या ५ रहेको छ । भुटानमा संक्रमित ५ जना मध्ये २ जनोको उपचारपछि निको भइसकेको छ भने अन्य ३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ११ : ३३ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको