लकडाउनको समयमा मस्जिदमा भीड हटाउन गएका प्रहरीमाथि हातपात | Khabarhub Khabarhub

लकडाउनको समयमा मस्जिदमा भीड हटाउन गएका प्रहरीमाथि हातपात


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ ।

मस्दिजमा एकै ठाँउमा सयौंको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मुनमुन सिंहउपर मुस्लिम युवाहरुले हातपात गरेका छन् ।

बिबीबार बेलुकी ७ बजे मुस्लिमहरुको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा मस्जिदमा एकै ठाँउमा २०० बढी मानिस नमाज पढिरहेका थिए ।

प्रहरी सहायक निरीक्षक सिंहले लकडाउन उल्लङ्घन नगर्न र भीड गर्दा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भनी सम्झाइरहँदा केही युवाहरुले उनीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय गौर र विभिन्न सशस्त्र प्रहरी बेसक्याम्पबाट ठूलो सङ्ख्यामा परिचालनपछि अवस्था साम्य भएको प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

प्रहरीमाथि हातपात गरेका परोहा नपा–३ का २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालु अन्सारीलाई नियन्त्रणमा लिएको रौतहट प्रहरी उपरीक्षक खड्काले बताए ।

अभियोग लागेका तीनै जना नियन्त्रणमा रहेको र घटनाको प्रक्रियाअनुसार मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ११ : १४ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस