माग्ने बूढाको जन्मदिन: सेलिब्रेटीले दिए शुभकामना | Khabarhub Khabarhub

माग्ने बूढाको जन्मदिन: सेलिब्रेटीले दिए शुभकामना


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज माग्ने बूढाका नामले चिनिएका हास्य कलाकार केदार घिमिरेको जन्मदिन हो । लकडाउनका कारण उनी घरमा नै सीमित छन् । वि.सं. २०५८ सालदेखि कलाकारिता थालेका माग्ने बूढाले पहिले रत्नपार्कको फुटपाथमा सामान बेच्ने गर्थे । उनले मेरी बास्सै, जिरे खुर्सानी लगायतका टेलिश्रृङ्खलामा काम गरे पनि ‘मेरी बास्सै’ को माग्ने बूढा चरित्रले चिनायो ।

पछिल्लो समय फिल्ममा सक्रिय माग्ने बूढाले दीपकराज गिरीको समूहसँग फिल्म गर्दै आएका छन् ।

दीपकराज गिरीले फेसबूकमा स्टाटस लेख्दै केदारलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले जन्मदिनको शुभकामना दिँदै लेखेका छन् – ‘छोरो भविष्यमा डाक्टर होला, इन्जिनियर होला भनेको त ठूलो भएर माग्ने पो भयो, हल्का रमाइलो भन्दै कडा रमाइलो गर्न थाल्यो ।’

गिरीले केदारको तारिफ गर्दै लेख्छन्, ‘अर्काको उन्नति र प्रगतिमा कहिले रिस नगरी सधै एकजुट भएर सहकार्य गर्दै जाने दुलर्भ स्वभाव भएका प्यारो माग्ने बूढा, मेरा दाहिने हात केदार घिमिरेलाई जन्मदिनको शुभकामना ।’

यस्तै निर्देशक दीपाश्री निरौलाले पनि शुभकामना दिएकी छिन् । उनले भनेकी छिन् – बिहे नगरेकाहरुले पनि बूढा भनेर बोलाउनुपर्ने माग्ने बूढा, हल्का रमाइलो, माग्नु जन्मदिनको शुभकामना है ।

केदारलाई निर्देशक अशोक शर्मा, कलाकार भुवन केसी, संगीतकार आलोक श्री लगायतले समेत जन्मदिनको शुभकामना दिएका छन् ।

यस्तै कलाकार दीपक आचार्यले लेखेका छन् –फेसबुक खोलेको माग्ने बूढो बाहेक केही देखिन्न त, आज माग्ने दिवस हो कि क्या हो ? जन्मदिनको शुभकामना केदार जी ।

केदारलाई फ्यानले पनि शुभकामना दिएका छन् । यस्तै विल्सन विक्रम राई, निर्देशक प्रदीप भट्टराई, जीतु नेपाल, निर्देशक आकाश अधिकारी लगायतका दजर्नौं सेलिब्रेटीले शुभकामना व्यक्त गरेका छन् ।

‘मेरी बास्सै’ मा सँगै काम गरेका सीताराम कट्टेल ‘धुर्मुस’ ले लेखेका छन् – ‘संघर्षशील, उर्जाशील आत्मीय मित्र केदार प्रसाद घिमिरेलाई जन्मदिनको धेरै धेरै शुभकामना ।’

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १२ : ४४ बजे

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न

आजका समाचार : कतारका अमिर स्वदेश फिर्तादेखि सांसद गुरुङको निलम्बन फुकुवासम्म

कतारका अमिर स्वदेश फिर्ता मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा

ललितपुरमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण 

ललितपुर– ललितपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) सेवा