मजदूरहरुको भोको पेट भर्न खानाको प्याकेट वितरण गर्दै अमिताभ बच्चन | Khabarhub Khabarhub

मजदूरहरुको भोको पेट भर्न खानाको प्याकेट वितरण गर्दै अमिताभ बच्चन


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बलिउड अभिनेताहरुले आ-आफ्नो क्षेत्रबाट सहयोग जारी राखेका छन् ।

बलिउड मेगास्टार अमिताभ बच्चन यतिबेला  दीनदुखी, गरिब तथा मजदूरहरुको भोको पेट भर्ने अभियानमा जुटेका छन् । उनले विहीबारमात्रै करिव २ हजार खानाको प्याकेट वितरण गरेको जनाइएको छ ।

कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले लकडाउन लागू गरेसँगै काम गर्न नपाएर अलपत्र बनेका दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि उनले खानाको प्याकेट वितर गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले २००० प्याकेट खाना वितरण गरे । उनले आवश्यक पर्ने अन्य सामान पनि वितरण गरेका छन् । आगामी दिनमा पनि उनीहरुका लागि  सहयोग जारी राख्ने बताएका छन् ।

अभिनेताले  हाजी अली दरगाह, माहीम दरगाह, बाबुलनाथ मन्दिर, वांद्रेको बस्ती र शहरको उत्तर भागमा रहेका केही बस्तीहरूमा खानाको प्याकेट वितरण गरेका हुन् ।

राहात वितरण गर्दा भीडभाड बढी हुने भएकाले सबैलाई सामाजिक दूरी अपनाउन आग्रह गरेका थिए । यस कार्यमा प्रहरीलाई सघाउन समेत उनले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १० : २६ बजे

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको