कोरोना संक्रमित युवतीको मुख्यमन्त्रीसँग गुनासो 'डाक्टर भेट्नै आएनन्' | Khabarhub Khabarhub

कोरोना संक्रमित युवतीको मुख्यमन्त्रीसँग गुनासो ‘डाक्टर भेट्नै आएनन्’


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धौलागिरी अस्पतालमा उपचाररत १९ वर्षीय कोरोना संक्रमित युवतीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग डाक्टरहरु उपचारमै नआएको गुनासो गरेकी छन् ।

बागलुङकी ती युवतीले बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग टेलिफोन कुराकानीमा डाक्टरहरु फोनमा मात्रै संवादमा रहेको तर उपचारमा नआएको गुनासो गरेकी हुन् ।

मुख्यमन्त्री गुरुङले युवतीलाई आश्वस्त पार्दै आत्मवल दह्रो बनाएर अस्पतालमै बस्न सुझाएका छन् ।

मुख्यमन्त्री गुरुङले झोलिलो कुरा खान तथा पटक/पटक तातोपानी पिउन सुझाव दिदै डाक्टरले उपचारमा किन नगएको भनि बुझ्ने र प्रभावकारी उपचारको व्यवस्था गर्ने आश्वासन दिएका छन् ।

बेल्जियमबाट कतार हुँदै काठमाडौंबाट बाग्लुङ पुगेपछि परीक्षणको क्रममा ती युवतीमा कोरोना संक्रमण देखिएको थियो ।

उनीसँगै आएकी बागलुङकै अर्की महिलामा पनि कोरोना संक्रमण देखिएपछि दुबै जनाको अहिले धौलागिरी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ९ : २८ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश