भारतमा कोरोनाभाइरसले एकै दिन ४९ जनाको मृत्यु | Khabarhub Khabarhub

भारतमा कोरोनाभाइरसले एकै दिन ४९ जनाको मृत्यु


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २२७ पुगेको छ । भारतमा एकैदिन ८०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ७२५ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ६३५ जना उपचारपछि निको भएका छन् । ५ हजार ८८३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

एसियाली मुलुकमा कोरोनाका कारण सबैभन्दा बढी इरानमा ४ हजार ११० जनाको मृत्यु भएको छ । त्यसैगरी चीनमा ३ हजार ३३५ जनाको मृत्यु भएको छ भने टर्कीमा ९ सय ८ जनाले ज्यान गुमाएका छन् ।

इन्डोनेसियामा २८० जनाले ज्यान गुमाउँदा भारतमा २२७ जनाको मृत्यु भएको छ । भारत एसियाली मुलुकमा सबैभन्दा बढी ज्यान गुमाउनेको सूचीको पाँचौ नम्बरमा रहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ७ : ५८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६