चीनको वुहान बाहिर कोरोना भाइरसको संक्रमण नियन्त्रणमा ! | Khabarhub Khabarhub

चीनको वुहान बाहिर कोरोना भाइरसको संक्रमण नियन्त्रणमा !


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– चीनको वुहानमा कोरोना भाइरसको संक्रमणपछि निर्माण गरिएका १५ वटै अस्थायी अस्पताल बन्द गरिएका छन् ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख भएपछि अस्थायीरुपमा निर्माण गरिएका १५ अस्पताल बन्द गरिएको चाइना डेलीले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी जिन फिङको भ्रमण लगत्तै कोरोना भाइरसको नियन्त्रणका लागि बनाइएका अस्थायी अस्पताल बन्द गरिएको जनाइएको छ ।

वुहान बाहिर नयाँ बिरामी देखिएका छैनन् भने वुहकानमा पनि कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख हुँदै गएपछि चिनियाँ राष्ट्रपति सीले मंगलबार वुहान क्षेत्रको भ्रमण गरेका हुन् ।

भ्रमणका क्रममा उनले स्थानीय नागरिक, सुरक्षा, स्वास्थ्यकर्मी र बिरामीसँग भेटवार्ता गरेका थिए । वुहान पुगेका राष्ट्रपति सीले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र आम नागरिकलाई धन्यवाद दिए ।

चीनमा ८० हजार भन्दा धेरैमा संक्रमित भएकोमा अहिलेसम्म ६५ हजार जना उपचारपछि घर फर्किएका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ६ : ३९ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को