ट्यालेन्ट हन्टबाट ललितपुर पेट्रियट्सले छान्यो २ खेलाडी | Khabarhub Khabarhub

ट्यालेन्ट हन्टबाट ललितपुर पेट्रियट्सले छान्यो २ खेलाडी


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एभरेष्ट प्रिमियर लिग (ईपीएल) टीम ललितपुर पेट्रियट्सले ट्यालेन्ट हन्टबाट छनोट भएका दुई खेलाडीको नाम सार्वजनिक गरेको छ ।

मंगलबार ललितपुरले सार्वजनिक गरेको नयाँ नाममा एरियो पौडेल र विबत्सु थापा रहेका छन् ।

ट्यालेन्ट हन्टमार्फत ललितपुरमा आवद्ध भएका दुवै खेलाडी बाँया हाते स्पिनर हुन् । ललितपुरले गएको शुक्रबार ललितपुरको इमाडोलमा ट्यालेन्ट हन्ट आयोजना गर्दै खेलाडी छनोट गरेको हो ।

ट्यालेन्ट हन्टका लागि देशभरबाट भर्ना भएका २ सय ३१ जना खेलाडी सहभागी भएका थिए । छनोट भएका उनीहरुले आधार मुल्य २५ हजारमा टोलीले दिनेछ ।

खेलाडी छनोट प्रशिक्षक राजु बस्न्यात, सूर्य तामाङ र सोनु तामाङले गरेका हुन् । कोरोना भाइरस (कोभिड–१९) का कारण चैत १ देखि १५ सम्म हुने तय भएको इपीएल भने तत्कालका हुने सम्भावना निकै कम छ । अर्को सुचना नआएसम्मका लागि रोकिएको प्रतियोगिता अब कोरोना भाइरसको त्रास कम नभएसम्म हुने सम्भावना छैन ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ५ : ०५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०