कोरोना भाइरस– ट्रम्पको स्वास्थ्य परीक्षण नगरिएको ह्वाइट हाउसको भनाइ | Khabarhub Khabarhub

कोरोना भाइरस– ट्रम्पको स्वास्थ्य परीक्षण नगरिएको ह्वाइट हाउसको भनाइ


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन– विश्वभर कोरोना भाइरसका कारण विश्वका ११० मुलुकमा कोरोना भाइरसको संक्रमण देखा परिसकेको छ ।

यसका कारण ४ हजारभन्दा धेरै मानिसहरुको ज्यान समेत गइसकेको छ । अमेरिकामा सोमबार थप चार जनाको ज्यान गएसँगै त्यहाँ मृतकको संख्या २६ पुगेको छ ।

अमेरिकामा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कामहरु भइरहेका बेला ह्वाइट हाउसले भने राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कारोना भाइरसको परीक्षण नै नगराइएको जनाएको छ । ह्वाइट हाउसकी प्रवक्ता स्टेफनी ग्रिसमले विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्पलाई कोरोना भाइरसको परीक्षण नगराइएको जनाएकी हुन् ।

राष्ट्रपति ट्रम्पले कोरोनाको कुनै लक्षण नदेखाएको र संक्रमण पुष्टि भएका कसैसँग भेट नै नगरेका कारण उनको स्वास्थ्य परीक्षण गर्नु नपरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि ट्रम्पसँग भेट गरेका दुई जनालाई कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको थियो ।

विज्ञप्तिमा ट्रम्पको स्वास्थ्य अवस्था राम्रो रहेको र उनलाई चिकित्सकहरुले नियमित परामर्श दिइरहेको समेत जनाइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १ : ३४ बजे

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक