कोरोना भाइरसको प्रभावः आर्थिक बृद्धिदर घट्न सक्ने | Khabarhub Khabarhub

कोरोना भाइरसको प्रभावः आर्थिक बृद्धिदर घट्न सक्ने


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले यो बर्षको लागि लिएको आर्थिक बृद्धिदरको लक्ष्य कोरोना भाइरसको कारण पुरा नहुने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै सरकारले लिएको लक्ष्य पुरा हुने सम्भावना अत्यन्तै कम रहेको जनाएको छ ।

राष्ट्र बैंकले आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्नुको मूख्य कारक कोरोना भाइरसलाई देखाएको छ । ‘विश्व अर्थतन्त्रमा आएको सुस्तता र चीनमा देखिएको कोरोना संक्रमणको प्रभाव अन्तर्राष्ट्रिय बजारमा तेलको माग र मूल्यमा देखिन थालेको छ ।

पेट्रोलियम पदार्थको मूल्यमा आउने कमीले आयात व्यवस्थापनलाई सहज बनाउने भएता पनि विप्रेषण आप्रवाह प्रभावित हुने सम्भावना पनि छ’ मौद्र्रिक नीतिको समीक्षामा उल्लेख गरिएको छ ।

कोरोना भाइरस र यसवर्ष धान उत्पादनमा कमी आउने भएकाले पनि आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने राष्ट्र बैंकले बताएको छ ।

कोरोना भाइरसको त्रास लामो समयसम्म रहिरहे नेपालको अर्थतन्त्र थेग्नै नसक्ने गरी अर्थतन्त्रमा असर हुने विश्लेषकहरू बताउँछन् । कोरोनाको प्रभावले सरकारले लिएको आर्थिक वृद्धि खुम्चिने, पुँजीगत खर्च झन कमजोर हुने तथा राजस्व असुलीमा समेत गम्भीर धक्का लाग्ने देखिएको छ ।

अन्तराष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रको वृद्धिदर ०.५ प्रतिशतले खुम्चिने देखिएको छ । आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाले कोरोना भाइरसकै कारण विश्व अर्थतन्त्रको वृद्धिदर २.९ प्रतिशतबाट २.४ प्रतिशतमा खुम्चिने बताएकी छन् ।

नेपालले यस बर्ष ८.५ प्रतिशतको लक्ष्य हासिल गर्ने बताएपनि आईमएफले दक्षिण एसियाली मुलुकको उत्पादनमा आएको कमी र भारतीय अर्थतन्त्रमा आएको मन्दीले सन २०२० मा नेपालले ६.४ प्रतिशतको लक्ष्य हासिल हुने बताएको थियो ।

यसैलाई आधार मान्ने हो भने पनि यस बर्ष नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा कम हुने देखिएको छ । केही समयअघि विश्व बैंक एडीबीले पनि आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै नेपालको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने प्रतिवेदनमा उल्लेख छ ।

कोरोना भाइरसले विश्वको अर्थतन्त्रलाई प्रभाव पार्ने र विश्व अर्थतन्त्रले नेपालको अर्थतन्त्रलाई प्रभाव पार्ने निश्चित छ । कोरोना भाइरसको महामारीले नेपालको आर्थिक वृद्धिदरमा अवश्य नै असर गर्नेछ ।

निर्माणाधीन विमानस्थलमा चाहिने सामानहरुबाट सरकारलाई १३ प्रतिशतको मूल्य अभिवृद्धि कर आउने हुन्छ । तर कोरोनाको प्रभावले सरकारको राजश्व पनि घट्ने भयो । उनीहरुले खर्च नगरेपछि र आयोजनाहरुको निर्माण अवरुद्ध भएपछि पनि आर्थिक वृद्धिदरमा प्रतिकूल प्रभाव पर्ने अर्थविद् केशव आचार्यले बताए ।

उनले भने साढे चार महिनासम्म यस्तै अवस्था रह्यो भने गैरकृषि क्षेत्र र खासगरी निर्माण क्षेत्र नराम्ररी प्रभावित हुन्छ । यसरी कुल ग्राहस्थ उत्पादनमा निर्माण क्षेत्रको उल्लेखनीय योगदान रहेकोले यसले आर्थिक वृद्धिदरलाई पनि असर गर्छ । हाम्रो सरकारले यो वर्ष साढे ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्छु भनेको छ तर सरकारले लिएको लक्ष्य पुरा नहुने अवस्था रहेको छ ।

चीनबाट फैलिएर विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालको अर्थतन्त्रमा चार अर्ब रुपैयाँसम्म क्षति हुन सक्ने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी)ले गरेको छ। आन्तरिक माग, व्यापार तथा उत्पादन घट्ने, आपूर्तिमा अवरोध, पर्यटन गतिविधिमा कमी, स्वास्थ्यमा असरलगायतका कारण विश्वका अन्य मुलुकसँगै नेपाल पनि प्रभावित हुने एडीबीको अध्ययनले देखाएको हो।

कारोनाको असर कस्तो हुन्छ भन्ने अहिले भन्न नसकिने भएकाले त्यसको असरबारे पनि एडीबीले विभिन्न आँकलन गरेको छ। कोरोना भाइरसको प्रभाव खराब हुँदा नेपालको कुल गार्हस्थ उत्पादनको ०.१३ प्रतिशत अर्थात् तीन करोड ३० लाख अमेरिकी डलर क्षति हुने विश्लेषण एडीबीले गरेको हो। नेपालमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित हुने छ।

पर्यटन क्षेत्रमा कुल गार्हस्थ उत्पादनको १.७५ प्रतिशत क्षति हुने आकलन गरिएको छ। कोरोनाको प्रभाव मध्यमस्तरमा मात्रै भयो भने कुल गार्हस्थ उत्पादनको ०.०८ प्रतिशत क्षति हुने अनुमान पनि एडीबीको छ।

कोरोना भाइरसको त्रासले नेपालको औद्योगिक क्षेत्र, सेवा पर्यटन लगायतका क्षेत्रमा असर परि सकेको अवस्था छ । कोरोनाको असर अर्थतन्त्र मात्रै नभएर यसको असर सामाजिक, मनोवैज्ञानिक हुँदै साथै स्वास्थ्य, शिक्षा रोजगारीको क्षेत्रमा पनि शुरु भइसकेको छ ।

पर्यटन पूर्वाधारको क्षेत्रमा काम गर्ने मजदुरहरू चिनियाँ नागरिक भएको र आयोजनकालागि चाहिने सबैजसो कच्चा पदार्थहरू चीन भारतलगायत तेस्रो मुलुकबाट आयात गरिने भएकोले पनि त्यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा परेको छ । जसका कारण निर्माणाधिन आयोजनाहरू लम्बिने र उपभोग्य बस्तुको आयातमा समस्या बढदा कालाबजारी फस्टाउने र रोजगारी गुम्दा गरीबी बढ्न सक्ने संकेत देखिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ८ : ५५ बजे

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५०

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरणमा दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति