कोरोनाभाइरस : मृतकको संख्या ४ हजार नाघ्यो, ४६ हजारको उपचार जारी | Khabarhub Khabarhub

कोरोनाभाइरस : मृतकको संख्या ४ हजार नाघ्यो, ४६ हजारको उपचार जारी


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ हजार २५  पुगेको छ ।

कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ ‍सय ८९ जनाको विभिन्न २२ वटा मुलुकमा मृत्यु भएको छ ।

४६ हजार २ सय ८४ जनाको अहिले पनि विश्वका १ सय १३ वटा मुलुकमा उपचार भइरहेको छ ।

संक्रमित भएका १ लाख १४ हजार २ सय ९९ मध्ये ६३ हजार ९ सय ९० जना उपचारपछि घर फर्किएका छन् ।

चीनपछि कोरोनाले इटालीमा महामारीको रुप लिएको छ । त्यहाँ ४ सय ६३ जनाको मृत्यु भएको छ । थप ९७ जना संक्रमितको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या ४ सय ६३ पुगेको हो ।

इटालीमा सेनाप्रमुखलाई समेत कोरोनाभाइरसको संक्रमण भएको समाचारहरु सार्वजनिक भएका छन् । अरु १७ सय ९७ जना संक्रमित थपिएपछि संक्रमण हुने व्यक्तिको संख्या ९ हजार १ सय ७२ पुगेको छ ।

अवस्था भयाभह बनेपछि सरकारले १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखे पनि कोरोनाभाइरसको महामारी अझ बढेपछि इटाली सरकार चिन्तित बनेको छ ।

यस्तै इरानमा कोरोना भाइरसका कारण २ सय ३७ जनाको मृत्यु भएको छ । ७ हजार १ सय ६१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

दक्षिण कोरियामा थप १ सय ६५ जनामा कोरोनाको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ हजार ४ सय ७८ पुगेको छ । मृतकको संख्या ५३ छ ।

यस्तै फ्रान्स र स्पेनमा कोरोनाभाइरसबाट ३०/३० जनाको मृत्यु भएको छ भने अमेरिकामा मृतक हुनेको संख्या २६ पुगेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ६ : ३९ बजे

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध