हत्या आरोपमा प्रहरीसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

हत्या आरोपमा प्रहरीसहित तीन जना पक्राउ


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा- ओखलढुङ्गामा एक जनाको हत्या आरोपमा एक प्रहरीसहित तीन जना पक्राउ परेका छन् ।

जिल्लाको सिद्धिचरण नगरपालिका–९ का ४१ वर्षीय पृथ्वीबहादुर बानियाँको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीयवासी नेपाल प्रहरीमा कार्यरत चेतबहादुर बानियाँ, नेपाली सेनामा कार्यरत सन्तोष बानियाँ र व्यापारी कुमार वाग्ले रहेका छन् ।

स्वास्थ्य चौकी ज्यामिरेमा कार्यरत बानियाँ गत भदौ ४ गते दिउँसो कुमार वाग्लेको घर नजिक मृत फेला परेका थिए ।

तत्कालीन समयमा मदिरा सेवनका कारण बानियाँको ज्यान गएको भनिए पनि छ महिनापछि प्रहरीले हत्या आरोपमा तीन जनाविरुद्ध मुद्दा चलाएको छ ।

लामो अनुसन्धानपछि कसुर गर्ने व्यक्ति पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए ।

हत्या आरोपमा पक्राउ परेर हिरासत चलान भएसँगै नेपाली सेना र प्रहरीमा कार्यरत चेतबहादुर र सन्तोष जागिरबाट निलम्बनमा परेका छन् । अदालतबाट सफाइ पाए जागिर जोडिने अन्यथा निलम्बन सदर हुने र कारवाही भोग्नुपर्ने कानूनी व्यवस्था छ ।

घटना भएको समयमा उनीहरु घर बिदामा गाउँमै आएका थिए । अत्यधिक मदिरा सेवनबाट बानियाँको मृत्यु भएको विषयमा आफूहरुलाई फसाइएको उनीहरुले बयान दिएको बताइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ७ : ५८ बजे

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।