क्वारेन्टाइनका लागि खरिपाटीको विकल्प खोज्न चाँगुनारायण नगरपालिकाको आग्रह (पत्रसहित) | Khabarhub Khabarhub

क्वारेन्टाइनका लागि खरिपाटीको विकल्प खोज्न चाँगुनारायण नगरपालिकाको आग्रह (पत्रसहित)


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– चाँगुनारायण नगरपालिकाले चीनबाट फर्काइने नेपाली नागरिकलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने निर्णयबारे पुनर्विचार गर्न सरकारसँग अनुरोध गरेको छ ।

चीनमा रहेका नेपाली वद्यार्थीलाई नेपाल फर्काइ क्वारेन्टाइनमा राख्ने सम्बन्धमा निर्णय एवं धारणा सार्वजनिक गर्दै नगरपालिकाले प्राधिकरण तालिम केन्द्रको उपयुक्त विकल्प खोज्न आग्रह गरेको हो ।

नगरपालिकाको छैटौँ नगरसभाले क्वारेन्टाइनका लागि खरिपाटी उपयुक्त नहुने तथा बीच बस्तीमा चीनबाट ल्याइने नेपालीलाई राख्दा संक्रमणको जोखिम बढ्ने मनोवैज्ञानिक त्रास स्थानीयमा उब्जिएको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिनाका अनुसार नगरपालिकाको क्षेत्रभित्र निर्धारित स्थानमा क्वारेन्टाइन राख्नै पर्ने अवस्था आइपरे आम नगरवासीको स्वास्थ्यको सुरक्षाको पूर्ण प्रत्याभूति तथा पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने निर्णय पनि गरिएको छ ।

नगरपालिकाको निर्णय यस्तो छ

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ६ : १७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०