पूर्व सचिवकी पत्नीको हत्यामा कामदारकै ‘संलग्नता’, डोरीले घाँटीमा कसेर पिर्काले हिर्काए ! | Khabarhub Khabarhub

पूर्व सचिवकी पत्नीको हत्यामा कामदारकै ‘संलग्नता’, डोरीले घाँटीमा कसेर पिर्काले हिर्काए !


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारका सेवा निवृत्त सचिव अर्जुन कार्कीकी श्रीमती मुना अधिकारी (कार्की)को हत्यामा कामदार विजय चौधरी संलग्न रहेको देखिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कार्कीको घरमा काम गर्ने विजयले डोरीले घाँटीमा कसी पिर्काले हिकाएर मुनाको हत्या गरेको देखिएको हो ।

घटनाको अनुसन्धानमा जुटेको प्रहरीले अहिले पूर्व सचिव कार्कीको घरको सीसीटीभी फुटेजको अध्ययन गरिरहेको छ । सीसीटीभी फुटेजमा कामदार चौधरीले मुनामाथि आक्रमण गरेको देखिएको छ ।

‘सीसीटीभी फुटेज हेर्दा दुवै जनाबीच केही कुरामा बोलाबोल भएको जस्तो देखिन्छ । त्यसपछि कामदार (विजय)ले हातमा रहेको डोरीले मृतक (मुना)को घाँटीमा कसेर भूइँमा लडाउँछन् । केही परसम्म डोरीले घाँटीमा बाँधेर डोर्‍याउँछन् । त्यसपछि विजयले मुनामाथि लगातारजसो पिर्काले प्रहार गरेको देखिन्छ,’ घटनाको अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखाका एक अधिकारीले खबरहबसँग भने ।

अपराध महाशाखाका अधिकारीका अनुसार उक्त दृश्य घरको भान्सा छिर्ने ढोका छेउमा जडान गरिएको सीसी क्यामेरामा कैद भएको थियो ।

‘यो घटना एउटा झगडाबाट शुरु भएको देखिन्छ । तर, उनीहरुबीच झगडा किन भयो भन्ने विषय अहिले नै खुल्न सकेको छैन,’ अपराध महाशाखाका ती अधिकारी भन्छन् ।

प्रहरीका अनुसार मुनालाई बेहोस् अवस्थामा फेला पारिएको ठाउँमा एउटा प्लास्टिकको पिर्का समेत फेला परेको छ । उक्त पिर्काको केही भाग भाँचिएको पनि छ ।

‘पिर्का र डोरीमा रगत लागेको छ । मर्डर विपन्स (मार्न प्रयोग भएको हतियार)का रुपमा प्लास्टिकको पिर्का र एउटा डोरी भेटिएको छ,’ अपराध महाशाखाका ती अधिकारीले भने, ‘अन्य विषयमा हामी अनुसन्धान गरिरहेका छौं ।’

पूर्व सचिव कार्कीकी श्रीमती मुना सोमबार बिहान सानेपास्थित आफ्नै निवासमा गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् ।

आक्रमणबाट रगताम्य अवस्थामा फेला परेकी कार्कीलाई उपचारका लागि ललितपुरको स्टार अस्पतालमा लगिए पनि चिकित्सकहरुले उपचारकै क्रममा मृत्यु भएको घोषणा गरेका थिए ।

सोमबार बिहानै उठेर पूजाका लागि पशुपतिनाथ मन्दिर गएका पूर्व सचिव अर्जुन कार्कीले घर पुग्दा श्रीमती मुनालाई रगताम्य अवस्थामा फेला पारेका थिए । घरमा काम गर्ने दाङ स्थायी घर भएका विजय चौधरी पनि मृत अवस्थामा फेला परेका थिए ।

कामदार चौधरीको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चौधरीको शरीरमा भने कुनै चोटपटक छैन ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारी मुनामाथि आक्रमण गरेका विजयले उनको मृत्यु भइसकेको ठानेर त्यसपछि आत्महत्या गरेको हुनसक्ने आशंका गर्छन् ।

‘अहिलेसम्मको अनुसन्धानअनुसार मुनामाथि आक्रमण गरेपछि उनको मृत्यु भइसकेको ठानेर चौधरीले झुन्डिएर आत्महत्या गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘यद्यपि यो घटनामा कुनै तेस्रो व्यक्तिको पनि उपस्थिति (संलग्नता) थियो कि भन्ने विषयमा पनि हामीले अनुसन्धान गरिरहेका छौं ।’

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ४ : ५७ बजे

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक