सीमा नाकामा कोरोना 'रोक्ने' हेल्थ डेस्क: स्वास्थ्यकर्मीसँग मास्क समेत छैन ! | Khabarhub Khabarhub

सीमा नाकामा कोरोना ‘रोक्ने’ हेल्थ डेस्क: स्वास्थ्यकर्मीसँग मास्क समेत छैन !


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको सचेतनाका लागि चीन र भारतसँगका मुख्य सीमा नाकामा हेल्थ डेस्कको स्थापना गरिएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरीरहेको कामको हरेक दिन सार्वजनिक गर्ने सूचनामा पनि ‘प्रदेशबाट कोरोना सम्बन्धी गरिएका तयारी तथा प्रतिकार्याहरुमा चीन र भारतसँगका मुख्य सिमा नाकामा हेल्थ डेस्क स्थापना गरिएकाे उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले पत्रकार सम्मेलनमा समेत नेपालका खुल्ला सीमा नाकाहरुमा स्वास्थ्यकर्मी सहितको हेल्थडेस्क स्थापना गरीएको बताउँदै आएका छन् ।

ती हेल्थ डेस्कबाट सिमा नाकामा आवतजावत गर्ने नेपाली तथा विदेशी नागरिकको स्वास्थ्य परीक्षण गरिने र कोरोना भाइरसको लक्षण देखिएमा सिधै आइसोलेसनमा उपचारको लागि पठाइने गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताएका थिए ।

सरकारले प्रदेश स्तरबाट समेत सीमा नाकामा हेल्थ डेस्कको स्थापना गरिएको भनेपनि सीमा नाकाको हेल्थ हेस्कको अवस्था भने दयानीय भएको पाइएको छ ।

अहिले प्रदेश नम्बर २ को धनुषा जिल्लाको नगराईन नगरपालिकाले भारतीय सीमा नाकामा संचालन गरेको हेल्थ डेस्कको तस्विर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

नगराईन नगरपालिकाले कोरोना भाइरसबारे सतर्कता अपनाउन स्थापन गरेको हेल्थ डेस्कको उद्घाटन कार्यक्रमका दुई वटा तस्वीर माघ २४ गते नगरपालिकाको फेसबुक पेजमा सार्वजनिक गरेको थियो।

नगरपालिकाका प्रमुख परमेश्वर यादव, नगर प्रवक्ता सूर्य नारायण शाह, स्वास्थ्य शिक्षा शाखा, नगराइन स्वास्थ्य चौकी र सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको उपस्थितिमा नगराइन नगरपालिका वडा नम्बर २ को जटही बोडरमा कोरोना भाइरसबारे सतर्कता अपनाउन सहायता कक्ष व्यवस्थापन गरिएको उल्लेख गरेको छ ।

नगरपालिकाको प्रमुखसहित प्रहरी र स्वास्थ्यकर्मीको उपस्थितिमा उद्घाटन गरीएको हेल्थ डेस्कको अवस्था भने दयनीय देखिन्छ ।

हेल्थ डेस्कमा चारपट्टी काठको खाँबँ ठड्याएर माथि एउटा जस्ताको छानो लगाइएको छ । त्यसको अगाडिपटि्ट ‘कोरोना भाइरस साहायता कक्ष’ लेखिएको ब्यानर टाँगिएको छ । हेल्थ डेस्कभुइमा ४ वटा जति प्लास्टिकको कुर्ची र एउटा टेबल राखिएको छ । हेल्थ डेस्कको चारैतिर खुल्ला छ ।

नगरपालिकाले सार्वजनिक गरेको दुईवटा तस्विरमा हेल्थ डेस्कमा उभिएर नगर प्रमुख यादवले भाषण दिइरहेको र हेल्थ डेस्कको बाहिरपट्टि सबैजना उभिएका छन् ।

हेस्थ डेस्कको उद्धघाटनमा उपस्थित नगरप्रमुख, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको अगाडि स्वास्थ्य सुरक्षाका सामाग्री देखिदैनन् । उनीहरुले मास्कको समेत प्रयोग गरेका छैनन् ।

चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव भारतीय सीमा नाकामा देखिएको छैन । तर पनि कोरोना भाइरसकै लागि लक्षित गरिएको हेल्थ डेस्क हो भने त्यहा खटिने स्वास्थ्यकर्मीले पर्सनल प्रोटेक्टिभ किटको समेत प्रयोग गरेको देखिँदैन ।

नगरपालिकाले कोरोना भाइरसको सचेतनाका लागि सञ्चालन गरेको हेल्थ डेस्कको अवस्था दयानीय देखे पनि हामीले नगरप्रमुख यादवलाई टेलिफोन सम्पर्क गर्‍यौं । तर, यादवको फोन उठेन । त्यसपछि नगरपालिकाका सूचना प्रविधि अधिकृत अन्सारुल राईनलाई सम्पर्क गर्‍यौं ।

राईनले तीन दिन अघि भारतीय सिमा नाकामा हेल्थ डेस्कको स्थापना गरिएको बताए । राईनका अनुसार सो हेल्थ डेस्कमा दुई सिफ्टमा दुईजना सि अहेबले सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्तिअरुको कोरोना परीक्षण गर्छन् ।

‘हामीले कोरोना भाइरसको संक्रमणबारे सचेना दिन र स्वास्थ्य परीक्षण गर्न तीन दिन अगाडी हेल्थ डेस्क राखेका छौं, त्यहाँ दुई सिफ्टमा दुई जना सी अहेव खटिनुहुन्छ,’ सूचना प्रविधि अधिकृत राईनले खबरहबसँग भने, ‘त्यहाँबाट आवतजावत गर्नेहरुको कोरोना भाइरसको लक्षणहरु बारे परीक्षण गर्छाै, लक्षण देखिएमा स्वास्थ्यकर्मीले अस्पताल पठाउँछन् ।’

तर, उनीहरुले कोरोना परीक्षणमा प्रयोग गर्ने स्वास्थ्य सामाग्री र स्वास्थ्य सुरक्षाको विषयमा सोध्दा सूचना प्रविधि अधिकृत राईनले कुनै प्रतिक्रिया दिन मानेनन् ।

उनले भने, ‘कसरी परीक्षण गर्न स्वास्थ्य सामाग्री लगायतको सबै विषयमा त मलाई पनि जानकारी छैन, हाम्रो मेयरसँगै कुरा गर्नुस् ।’

यता स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले भने सबै सीमा नाकाहरुमा हेल्थ डेस्क सञ्चालन गर्न निर्देशन दिए पनि ती हेल्थ डेस्कहरु कसरी सञ्चालन भइरहेको छ भनेर जानकारी नभएको बताए ।

उनले भने, ‘तपाईले भन्नुभएको कुरा भर्खरै थाहा पाएँ, यो विषयमा त्यहाँ कसरी हेल्थडेस्क सञ्चालन भइरहेको छ हामी अब बुझ्छौं ।’

उनले कोरोना भाइरसको सबैभन्दा बढी जोखिम हुनसक्ने प्रमुख नाका त्रिभुवन विमानस्थलमा  स्क्रिनिङ सहितको हेल्थ डेस्क स्थापना गरिएको बताए ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ७ : ०५ बजे

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश