वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने १ जना पक्राउ | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने १ जना पक्राउ


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि कतार, माल्दिभ्स लगायतका देशहरुमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग ८ लाख रुपैयाँ लिएर ठगी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोलुखुम्बुको दूधकौशिका गाउँपालिका–२ गैह्री घर भइ भक्तपुरको लोकन्थली बस्दै आएका ४० वर्षीय बालकृष्ण कार्की छन् ।

दिलिप कुमार शर्मा सहितका व्यक्तिले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले कार्कीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १२ : ०० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन