युक्रेनी जहाज क्षेप्यास्त्रबाट खसालिएको अमेरिकी दावीको इरानद्वारा खण्डन | Khabarhub Khabarhub

युक्रेनी जहाज क्षेप्यास्त्रबाट खसालिएको अमेरिकी दावीको इरानद्वारा खण्डन


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले शुक्रबार राजधानी तेहरान नजिक दुर्घटना भएको युक्रेनी विमानलाई इरानद्वारा इराकतर्फ प्रक्षेपण गरिएको क्षेप्यास्त्रले खसालेको भन्ने अमेरिकी दावीको खण्डन गरेको छ ।

विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको भन्दै यसबारे अहिल्यै केही भन्न नसकिने तर अमेरिकालगायतका उसका सहयोगीहरूले दावी गरेजस्तो विमानमा इरानी क्षेप्यास्त्र लागेको भन्ने दावी ‘गलत’ रहेको इरानले बताएको हो ।

इरानको नागरिक उड्डयन संगठन, दुर्घटना विभागका प्रमुख हसन रजाइलाई उद्धृत गरिएको एक फरक रिपोर्टमा इरानले आफ्नो मेहरावाद अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको प्रयोगशालामा दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याकबक्स’ को अनुसन्धान शुरू गर्ने बताएको छ ।

यूक्रेनी विमान तेहरान नजिकै दुर्घटनाग्रस्त भएको थियो भने विमानमा यात्रा गरिरहेका १७६ जनाको घटनास्थलमा नैे मृत्यु भएको थियो ।

इराकमा रहेको अमेरिकी सैनिक शिविरहरूलाई लक्षित गरी इरानले हवाई आक्रमण गरेको केही समयपछि नै विमान दुर्घटनाग्रस्त भएको थियो ।

तेहरानले विमान दुर्घटना हुनुको कारण प्राविधिक समस्या उल्लेख गरेको छ तर अमेरिका, बेलायत र क्यानाडाली अधिकारीहरूले युक्रेनी विमानलाई इरानले हानेको क्षेप्यास्त्रले खसालेको बताइएको छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ९ : ३० बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी

काठमाडौं– दुई दिनको नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा